११ फागुन, पर्वत । जिल्लाको सदरमुकाम कुश्मा बजारमा ३६ औं मगर महोत्सवको आज दोस्रो दिनको प्रस्तुती सकिएको छ ।
पुन युवा क्लबले प्रत्येक बर्ष जस्तै यस बर्ष पनि महोत्सवको आयोजना गरेको हो ।
महोत्सवको आज दोस्रो दिन चर्चित कलाकार कृष्णा गुरुङको प्रस्तुती रहेको थियो । गुरुङले ‘दामी देखिन्छ’ बोलको गीत प्रस्तुत गर्दा सांगेतिक वातावरण निकै मनोरञ्जन पूर्ण भएको थियो ।
लोक गायनको क्षेत्रमा ख्याती प्राप्त गुरुङले ‘हाँसीमा खुशी विताउँदा जुनी’ बोलको सालैजोसंगै आधा दर्जन भन्दा बढि गीतहरु प्रस्तुत गरेकी थिइन ।
जिल्लामा मगर जातिको उच्च पहाडी क्षेत्रहरुमा बाहुल्यता रहेको छ ।
उनीहरुले आफ्नो मगर दिवसको अवसरमा आयोजना गर्ने उक्त मेलामा भलिबल प्रतियोगीतासंगै सांस्कृतिक प्रस्तुतीहरु समेत प्रस्तुत गर्दै आइरहेका छन ।
भोली शनिवार लोक गायक बद्री पंगेनीको प्रस्तुती रहने क्लबका अध्यक्ष कृष्ण पुनले जानकारी दिए ।




