११ फागुन, पर्वत । दृष्टिविहिन विद्यार्थीहरुको बसोबासमा सहज होस भनेर दातृ निकायले निर्माण गरेको छात्राबास आज एक कार्यक्रमका वीच हस्तान्तरण गरिएको छ ।
शिवालय माध्यमिक विद्यालयमा निर्माण भएको उक्त छात्राबास प्लान नेपालले विद्यालयलाई हस्तान्तरण गरेको हो ।
७७ लाख ८५ हजार ४ सय ७० मा निर्माण भएको उक्त छात्राबास एक कार्यक्रमका वीच प्रतिनिधि सभा सदस्य सांसद पदम गिरी र प्यान नेपालका उप राष्ट्रिय निर्देशक बरान बेकटले संयुक्त रुपमा विद्यालयलाई हस्तान्तरण गरेका हुन ।
उक्त छात्राबासमा २१ जना दृष्टिविहिन विद्यार्थी बस्दै आएका छन । छात्राबासको क्षमता भने १४ जनाको रहेको छ ।
भान्साघर सहित छात्र र छात्राको बेग्ला बेग्लै सुत्ने ब्यवस्था भवनमा गरिएको छ ।
क्षमता भन्दा धेरै विद्यार्थी भएको हुँदा छात्राबास ब्यवस्थापनमा भने कठिनाई भएको विद्यालयका ब्यवस्थापन समितिका अध्यक्ष इश्वर गिरीले बताए ।
उनले छात्राबासमा अझै कोठाको अभाव रहेको बताए । विद्यालयसंगै रहेको उक्त छात्राबासमा थप सहयोगको अपेक्षा गिरीले गरे ।
कार्यक्रममा बोल्दै सांसद गिरीले फरक क्षमता हुने दृष्टिविहिन विद्यार्थीहरुको अद्भूत क्षमतालाई प्रस्फुटन हुने वातावरण सृजना गर्नु राज्यको पनि दायित्व रहेको बताए ।
प्लान नेपालका उप निर्देशक बेकटले राज्यले पनि यो कार्यमा थप सहयोग गर्नुपर्ने धारणा राखे । कार्यक्रममा श्रोत ब्यक्ति प्रेम पौडेल र इन्प्रेड नेपालका पुष्प पौडेलले बोलेका थिए । कार्यक्रमको सञ्चालन प्रअ भुपेन्द्र चापागाईले गरेका थिए ।




