Print

मोदीखोलामा बेवारिसे शव फेला

६ फागुन, पर्वत । जिल्लाको कुश्मा नगरपालिका वडा न ८ चुवा स्थित मोदीखोलामा एक ब्यक्तिको वेवारिसे शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालयले शनिवार साँझ ५ बजे खोलाको किनारमा उक्त शव फेला पारेको हो ।

अन्दाजी ४० देखि ५० बर्षसम्मको मंगोलियन अनुहार जस्तो देखिने ५ फिट उचाई भएको उक्त ब्यक्तिको शव पहिचान हुन सकेको छैन ।

प्रहरीले वेवारिसे अवस्थामा फेला परेको शवलाई पोस्ट मार्टमका लागि जिल्ला अस्पताल पर्वतमा राखेको छ ।

कालो रङको हुट र कालो रङको ट्राउजर लगाएको जुंगा र (बोके)दारी भएको उक्त शव पुरुषको रहेपनि पहिचानमा कठिनाई भएको प्रहरीले जनाएको छ ।

तल्लो मोदीखोला जलविद्युत आयोजनाको पावर हाउस मुनी मोदी खोलामा घोप्टो अवस्थामा उक्त फेला परेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।