२ फागुन, पर्वत । आगामी फागुन १६ देखि २६ गतेसम्म पर्वतको कुश्मामा सञ्चालन हुने दशौ महिला महोत्सवको प्रचार प्रसार तिव्र पारिएको छ ।
कुश्मामा सञ्चालीत रेडियो दिदिवहिनीले आयोजना गरेको उक्त महोत्सवको प्रचार प्रसार तिव्र पारिएको हो ।
महोत्सवलाई भब्य बनाउनका लागि आयोजक टोलि यतिबेला गाउँ वस्ति स्तरसम्म महोत्सवको निम्तो दिन पुगेको छ ।
रेडियोकी अध्यक्ष समेत रहेकी पूर्व सांसद कल्पना चापागाई आफै घरदैलो अभियानमा सहभागी छन ।
संयोजक दुर्गा शर्मा भन्छिन–‘महोत्सवमा सकभर पछाडी परेको समुदायको उपस्थिती खोजीएको छ ।’
उनले घरबाट पुरुषको दबदवामा बाहिर निस्कन नपाएका महिला दिदिवहिनीहरुलाई घरबाट बाहिरसम्म ल्याउनका लागि पनि महोत्सव सार्थक हुने बताईन ।
अध्यक्ष चापागाईले महिलाहरुको ब्यवस्थापनमा हुने महोत्सवले महिलाहरुको क्षमतामा बृद्धि हुनुका साथै महिलाहरुको सामूहिकतामा बृद्धि हुने दावी गरिन ।
महोत्सवको अवसरमा आयोजना हुने विभिन्न प्रतियोगीताहरुमा महिलाहरुको सहभागीता नै सामूहिकताको शुरुवात रहेको बताउँदै चापागाईले महिलाहरुमा प्रतिस्पर्धा गर्दै क्षमतामा बृद्धि गर्न समेत महोत्सव सार्थक हुने बताईन ।
११ दिनसम्म कुश्माको बान्द्रेवीडि चौरमा सञ्चालन हुने महोत्सवमा राष्ट्रिय महिला भलिबल प्रतियोगीताको समेत आयोजना गरिएको छ ।
महोत्सवमा निशुल्क आँखा शिविरको समेत आयोजना गरिएको छ ।
कलाकारहरुको सांस्कृतिक प्रस्तुतीसंगै महिलाहरुवीच प्रतिस्पर्धात्मक प्रतियोगीताहरुको समेत आयोजना गरिएको अध्यक्ष चापागाईले जानकारी दिईन ।




