१४ माघ ,पर्वत । प्रेश यूनियन पर्वतको आयोजनामा शनिवार एक भेला, वनभोज र सम्मान कार्यक्रम भएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं पूर्व साँसद अर्जुनप्रसाद जोशीले अहिले काँग्रेस पराजय हुनुको कारण वारे प्रेश यूनियनले निर्मम भएर समिक्षा गर्नुपर्ने वताउनुभयो ।
काँग्रेस पराजित हुँदा विभिन्न खालका नकरात्मक र सकरात्मक टिप्पणी हुने गरेको वताउँदे जोशीले काँग्रेसको पराजयलाई अहिले अन्धो व्याक्तिले हात्ती छामे जस्तो समिक्षा गरिएको वताउनुभयो ।
नेता जोशीले नेपाली काँग्रेस कसरी पराजित भयो भनेर प्रेश य्रनियनले वस्तुनिष्ठ भएर विश्लेषण गर्नुपर्नेमा जोड दिनुभयो ।
विभिन्न कारणले काँग्रेसले पराजय भोग्नुपरेको भनेर सडकका गल्ली, चोक, चौतारो, पधेरोमा चर्चा हुनेगरेको उहाँले वताउँदै यसलाई चिरफार गर्न नसके भोली पार्टि रहने कि नरहने भन्ने गम्भिर प्रश्न उव्जने तर्फ जोशीले सचेत गराउनुभयो ।
जिल्ला र वाहिरी जिल्लावाट आएका यूनियनमा आवद्ध पत्रकारहरुको सहभागितामा समानुपातीक साँसद, जनप्रतिनिधी र पत्रकारलाई सम्मान गरिएको छ ।
कुश्मानगरपालीका ११ सिल्मीफाँटमा भएको कार्यक्रममा प्रदेशसभाका समानुपातिक साँसद ललितकला गुरुङलाई सम्मान गरिएको छ ।
त्यस्तै यसैवर्ष भएको स्थानीय तहको निर्वाचनमा विजयी भएका जनप्रतिनिधीहरुलाई पनि सम्मान गरिएको छ ।
सम्मानीत हुनेमा कुश्मानगरपालीकाका प्रमुख रामचन्द्र जोशी, उपप्रमुख सिता काफ्ले लामिछाने, जलजला गाउँपालीकाका अध्यक्ष यामवहादुर मल्ल ‘रामकृष्ण’ , उपाध्यक्ष सिमा गर्वुजा पुन , पैयुँ गाउँपालीकाका अध्यक्ष खगेन्द्रप्रसाद तिवारी, उपाध्यक्ष जसमती गुरुङ रहेका छन् ।
सबै जनप्रतिनिधीहरुलाई निमन्त्रणा गरेपनि कार्यव्यस्तताका कारण जलजला गाउँपालीका प्रमुख रामकृष्ण मल्ल मात्रै कार्यक्रममा सहभागी हुनुभएको थियो ।
त्यस्तै सोहि अवसरमा न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुली र नेपाल प्रेश यूनियनका केन्द्रिय सदस्य अगन्धर तिवारीलाई प्रेश यूनियन पर्वतले सम्मान गरेको छ ।
पराजुली हालै मन्त्रीपरिषदको निर्णयले न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा नियुक्त हुनुभएको हो भने तिवारी पनि हालै प्रेश युनियनको केन्द्रिय सदस्यमा मनोनित हुनुभएको हो ।
कार्यक्रममा नेपाली काँग्रेस पर्वतका सभापती खिमप्रसाद भुसालले पत्रकारहरुको पेशागत मर्यादालाई पार्टिले अपहरण नभएर जगेर्ना गर्ने वताउनुभयो ।
समानुपातिक साँसद ललितकला गुरुङले पर्वतमा पत्रकारको विकासमा ध्यान दिने वताउनुभयो ।
कार्यक्रममा पूर्व सभापती नवराज गुरुङ,पार्टि सचिव विश्वप्रकाश प्रसाई, न्युनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुली, प्रेश युनियनका उपाध्यक्ष रमेशराज पौडेल, जलजला गाउँपालीकाका अध्यक्ष रामकृष्ण मल्ल,राष्ट्रिय सभा सदस्य निर्वाचनका उम्मेदवार जितवहादुर नेपाली, नेपाल विद्यार्थी संघका केन्द्रिय उपाध्यक्ष डिल्लीराम सुबेदी लगायतले पत्रकारितामा प्रेश य्रनियनको ऐतिहासिक योगदानको बारेमा बोल्नुभएको थियो ।
यो कार्यक्रमले पत्रकारितामा आवद्ध भएका पत्रकार र तिनका परिवारका वीचमा आत्मीयता, हार्दिकता र चिनजानको अवसर समेत जटाएकाले कार्यक्रम सफल भएको प्रेश यूनियनका संस्थापक ओमप्रसाद घायलले वताउनुभयो ।
प्रेश य्रनियन पर्वतका अध्यक्ष छविलाल तिवारीको अध्यक्षतामा कार्यक्रमको स्वागत प्रेश यूनियन पर्वतका उपाध्यक्ष माया अधिकारी र सञ्चालन सचिव उत्तम अधिकारीले गर्नुभएको थियो । – रोशन तिवारी




