Print

‘स्थानीय तहमा विकास खर्च बढाऔँ’–जिल्ला प्रमुख पौडेल

१४ माघ, पर्वत । जिल्लाका स्थानीय तहहरुमा विकास खर्चको उपलब्धि न्यून देखिएको भन्दै जिल्ला समन्वय समितिका प्रमुख मनोहर वि. पौडेलले विकास खर्च बढाउन स्थानीय तहहरुलाई अनुरोध गरेका छन ।

शनिवार फलेवास नगरापालिकामा आयोजीत नयाँ कृषि अभियान सहकारी संस्थाको साधारण सभा तथा अधिवेशनको उद्घाटन गर्दै पौडेलले विकास खर्च कम हुँदा वस्ती स्तरका योजनाहरु अलपत्र पर्ने भन्दै स्थानीय तहमा खर्च बढाउन अनुरोध गरेका हुन ।

बजेट साँचेर राखेर मात्र विकास नहुने भन्दै विनियोजीत योजनाहरुको तत्काल सम्झौता गरी नियमानुसार काम अगाडि बढाउन कार्यपालिकाहरुलाई पौडेलले सुझाब समेत दिए ।

सहकारी संस्थाको उद्घाटन शत्रमा बोल्दै पौडेलले कृषिमा आधुनिकीकरण कृषि पेशालाई ब्यवसायीक बनाउन कृषकहरुलाई सुझाब समेत दिएका थिए ।

कार्यक्रममा फलेवास नगरपालिकाका प्रमुख पदमपाणी शर्माले नगरपालिकाका सवै बेरोजगार युवाहरुलाई रोजगार दिने गरी नगरकार्यपालिकाले योजना गरेको बताए ।

उनले सवै प्रकारका सीपहरुको तालिमको माध्यमबाट नगरपालिकाका युवाहरुलाई स्वरोजगार बनाउने भन्दै यो कार्यमा सवैको सहयोगको अपेक्षा समेत गरे ।

कार्यक्रममा मोती पौडेल, वैगुन्ठ भुषाल, भोलानाथ भुषाल, पदमपाणी भुषाल, निर्मला भुषाल काप्ले लगाएतले मन्तब्य ब्यक्त गरेका थिए ।

सहकारीका सचिव टिकाराम गौडेलको सञ्चालनमा भएको कार्यक्रमको अध्यक्षता पिताम्बर घिमिरेले गरेका थिए ।