Print

वन क्षेत्रमा अवैध ढुंगा उत्खनन गर्ने प्रहरी नियन्त्रणमा

१५ माघ, पर्वत । राष्ट्रिय वन क्षेत्रमा अवैध रुपमा ढुंगा, माटो उत्खनन गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्वतले एक जनालाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले रौतहट जिल्ला चन्द्रपुर नगरपालिका वडा न १ का २५ बर्षिया राधेश्याम शाहलाई नियन्त्रणमा लिएको हो ।

कुश्मा नगरपालिका वडा न १ मालढुंगा स्थित कच्चि सडकको किनारमा ढुंगा र माटो उत्खनन गरेको आरोपमा शाहलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी निरिक्षक लिलाराज लामिछानेले जानकारी दिए ।

लामिछानेका अनुुसार उत्खनन्मा प्रयोग भएको एक्टावेटरको चावी समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

एक्टावेटरको चावी र शाहलाई भने नियन्त्रणमै लिएको दिन जिल्ला वन कार्यालयमा बुझाई आवश्यक कारबाही प्रक्रिया अगाडि बढएको प्रहरीले जनाएको छ ।

आइतबार दिउँसोको समयमा प्रहरी गस्तिले शाह र एक्टावेटरलाई नियन्त्रणमा लिएको हो ।