१ माघ, पर्वत । भुकम्प पिडितलाई घर बनाउन पर्वतमा २३ करोड १० लाख वितरण भएको छ । जिल्ला समन्वय समितिले दिएको जानकारी अनुसार प्रभावितहरुलाई घर बनाउनका लागि हालसम्म उक्त रकम वितरण गरिएको हो ।
कुल ५ हजार २ सय ६९ घर भुकम्पबाट प्रभावित भएका थिए । नेपालमा गएको पछिल्लो विनाशकारी भुकम्पले भत्काएका घरहरुको पुर्ननिर्माणका लागि सरकारले अनुदान रकम वितरण शुरु गरेको हो । उक्त अनुदान रकम कुल प्रभावित मध्ये ४ हजार ५ सय ९९ जनाले प्राप्त गरीसकेका छन ।
पहिलो किस्ता वापतको ५० हजार रकम उनीहरुले पाएका हुन । गत बर्ष ४ हजार ७० जनाले उक्त रकम पाएका थिए भने चालु आवमा ५ सय २९ जनाले अनुदान रकम पाएका छन । गत बर्ष झण्डै २० करोड ३५ लाख रकम वितरण भएको थियो भने चालु बर्ष २ करोड ६४ लाख रकम भुक्तानी भएको छ । पिडितले पहिलो रकम बुझेपनि कतिपय ठाउँमा घरको काम शुरु गरेका छैनन भने कतिपयले अनुदान रकम पाउनु पूर्व नै घर निर्माण गरिसकेका छन । । –राजधानी दैनिकबाट




