२३ मंसीर, पर्वत । मतदाता शिक्षा कमजोर हुँदा जिल्लामा मत बदर संख्या धेरै देखिएको छ । प्रतिनिधि सभाका लागि भएको निर्वाचनमा दुई वटा चुनाव चिन्ह्मा मतदान गर्नेको संख्या धेरै देखिएको हो । पर्वत न्यूजलाई प्राप्त पछिल्लो अपडेट अनुसार प्रतिनिधि सभाको लागि भएको मतदान गणना भएको कुल ३८८१९ मत मध्ये १२८८ मत बदर भएको छ । अधिकांश मत पत्रमा सूर्य चिन्ह्मा मतदान गर्नेले हँिसया भित्रको तारा अंकित चिन्हमा समेत मतदान गरेको मतगणकहरुले बताएका छन ।
प्रतिनिधि सभामा एउटा मात्रै चु्नाव चिन्ह्मा मतदान गर्नेपर्ने ठाउँमा धेरै चिन्हमा मतदान गरेको भेटिएको मतगणक अर्जुन पौडेलले जानकारी दिए । मुख्य गरी एमाले र माओवादी मिलेको सन्देश गएको गाउँमा चुनाव चिन्ह्को विषयमा सहि ढङगले प्रशिक्षण नगर्दा दुवै चुनाव चिन्ह्मा मतदान गर्ने मतदाताको संख्या उच्च रहेको पौडेल बताउँछन । उता, प्रदेश सभा १ मा ३३० र प्रदेश सभा २ मा ४६२ मत बदर भएका छन ।




