Print

अपडेट : आइतबार विहानसम्ममा अन्तिम परिणाम आउने, एमाले कार्यकर्ता सदरमुकाम आउन थाले

२३ मंसीर, पर्वत । प्रतिनिधि सभा र प्रदेश सभाका लागि भएको निर्वाचनको मतगणना कार्य दू्रत गतिमा अगाडि बढीरहेको छ । हालसम्म झण्डै ६० प्रतिशत मत गणना भईसकेको छ ।

मतगणना कार्य अवरुद्ध नभई अगाडि बढेमा आइतबार विहानसम्ममा सवै मतपरिणाम सार्वजनिक भईसक्ने मुख्या निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मत गणना कार्यमा हालसम्म कुनै समस्या देखिएको छैन । राजनैतिक दलहरुको सहयोगका कारण मतगणना कार्यमा सहयोग पुगेको मतगणकहरुले बताएका छन ।

मतगणना कार्य दू्रूत रुपमा अगाडि बढेको र निर्वाचनको मतपरिणाम अनुसार बाम मोर्चा अगाडि देखिएकाले नेकपा एमाले र माओवादी केन्द्रका कार्यकर्ताहरु जिल्ला सदरमुकाम कुश्मा बजार आउन शुरु गरेका छन ।

बाम मोर्चाले ३ वटै क्षेत्रमा विजय सुनिश्चित भएको सुचना प्रवाह गरेसंगै बाम कार्यकर्ताहरुमा उत्साह छाएको छ । बाम कार्यकर्ताहरु शनिवार दिउँसो देखि नै कुश्मा बजार आउन शुरु गरेका छन । प्रतितिधि सभामा भारी मतान्तर रहेकाले जीत सुनिश्चित रहेको अनुमान गरिएको छ ।