७ मंसीर, पर्वत । पर्वतको कुश्मा नगरपालिका वडा नं. ५ राम मन्दिर नजिकै बन्दै गरेको घरमा मार्बल बोक्ने क्रममा करेण्ट लागेर मंगलबार एक जनाको मृत्यू भएको छ ।
घरभित्रै मार्वल सार्ने क्रममा नरेश श्रेष्ठको घरमा कुश्मा नगरपालिका वडा नं. ११ पकुवा घर भएका ३८ बर्षिय राजु बि.क.को मृत्यू भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरीक्षक दिलिप घिमिरेले जानकारी दिए । काम गर्ने क्रममा मार्बल काट्ने मसिनको तारमा हात छोईएपछि बि.क.लाई करेण्ट लागेको हो ।
जिल्ला अस्पताल पर्वतमा कार्यरत प्रहरी जवान पूर्णबहदुर भण्डारीका अनुसार शवको पोष्टमार्टम छलफलपछि मात्र बुधबार गरिने छ । पिडित पक्ष, मार्बल बिछ्याउन ठेक्का लिएका ठेकेदार र प्रहरीबीच जिल्ला प्रहरी कार्यालय पर्वतमा बुधबार हुने छलफलमा क्षतीपूर्तिको बिषयमा सहमती भएपछि मात्र पोष्टमार्टम हुने भएको हो ।




