Print

बामगठबन्धनका नेता कार्यकर्तालाई सदरमुकाम छाडेर भूगोलमा खटिन निर्वाचन परिचालन समितिको निर्देशन

६ मंसीर, पर्वत । नेकपा एमाले र माओवादी केन्द्रको संयुक्त बामगठबन्धनको निर्वाचन परिचालन समितिका संयोजक भक्त कुँवरले गठबन्धनका नेता तथा कार्यकर्तालाई सम्बन्धित भूगोलमा खटिन निर्देशन दिएका छन ।

पार्टी कार्यालय र सदरमुकाम वरीपरि केन्द्रित सवै गतिविधिहरु अव वडा र टोलमा केन्द्रित गर्नुपर्छ । संयोजक कँुवरले भने–‘गठबन्धनका कुनै कार्यकर्ता अव खाली बस्ने छैनन, उनीहरु मतदाता शिक्षा र बामगठबन्धनका सरकारका विषयमा प्रशिक्षण चलाउने छन ।’

आगामी मंसीर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मिति नजिकिदै जाँदा गठबन्धनले मतदाता शिक्षालाई थप प्रभावकारी बनाउने रणनीति अख्तियारी गरेको छ । समिति संयोजक कुँवरले हालसम्म ३ वटा स्थानीय तहमा चुनावी कार्यक्रम सम्पन्न भईसकेको र बाँकी ४ तहमा अभियान सञ्चालन भईरहेको समेत जानकारी दिए ।