Print

बहाकी र बाच्छामा नेपाली कांग्रेस तथा जनमोर्चाबाट एमाले ४३ जना पार्टी प्रवेश

७ मंसीर, पर्वत । जिल्लाको विहादी गाउँपालिका स्थित वहाकीठाँटी र बाच्छाबाट नेपाली कांग्रेस तथा राष्ट्रिय जनमोर्चा छाडी ४३ जना नेकपा एमालेमा प्रवेश गरेका छन । नव प्रवेशीहरुलाई नेकपा एमालेको तर्फबाट संयुक्त बाम प्रतिनिधि सभाका उमेदवार पदम गिरी र प्रदेश सभाका उमेदवार विकास लम्सालले टिका र माला लगाई स्वागत गरेका छन ।

बुधवार र विहिबार भएको चुनावी कार्यक्रममा ति कार्यकर्ता देश बनाउने शक्ति बाम शक्ति भएको भन्दै नेपाली कांग्रेस र वहाकीबाट नेकपा एमालेमा प्रवेश गरेका हुन । पार्टी प्रवेश गरेका कार्यकर्ताहरु वीचको सभालाई सम्बोधन गर्दै गिरीले देश विकासको लागि स्थिर सरकारको आवश्यता रहेको भन्दै स्थिर सरकार निर्माणका लागि बामशक्तिको चुनाव चिन्ह्मा मतदान गर्न अनुरोध गरे ।

कार्यक्रममा बोल्दै लम्सालले जिल्लाको पछाडी परेको क्षेत्रमा आफू सांसद हुँदा शुरुवात गरेका विकासका योजनाहरु पुरा गर्न पनि आफूलाई दोस्रो पटक मतदान गर्न अनुरोध गरे ।