३० कार्तिक, पर्वत । नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई युवासंघ पर्वतले १० केजिको मालाले स्वागत गरेको छ ।
विहिबार सदरमुकाम कुश्मा बजारमा आयोजीत चुनावी बृहत आमसभाको अवसरमा युवासंघका नवराज गिरी र अर्जुन पौडेलले ओली र प्रचण्डलाई १० केजि बराबरको फुलको मालाले स्वागत गरेका हुन ।
फुलको मालाले स्वागत गरे लगतै ओलीले माला आफूले भन्दा उमेदवारले लगाउनुपर्ने भन्दै जिल्लाका प्रतिनिधि सभाका उमेदवार पदम गिरी, प्रदेश क्षेत्र न १ का नेत्रनाथ अधिकारी र क्षेत्र न २ का उमेदवार विकास लम्साललाई समेत लगाईदिएका थिए ।




