Print

कम्युनिष्ट एकता गर्ने मदन भण्डारीको इच्छा अहिले पुरा भएको छ–प्रचण्ड

३० कार्तिक, पर्वत । पर्वतको सदरमुकाम कुस्मामा आयोजित चुनाबी सभालाई सम्बोधन गर्दै नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले मदन भण्डारीसंग पार्टी एकताको कुरा चलिरहेको बेला भण्डारीको मृत्युका कारण कम्युनिष्ट एकता हुन नसकेको खुलासा गरेका छन । विहिबार कुश्मामा आयोजीत आमसभालाई सम्बोधन गर्दै प्रचण्डले ११ गते पार्टी एकताको विषयमा छलफल गर्ने समय थियो तर ३ गते भण्डारीको हत्या भयो । भण्डारीको अनुपस्थितीमा कम्युनिष्ट आन्दोलनले फरक गति लिएको भन्दै प्रचण्डले मदन भण्डारीको कम्युनिष्ट एकता गर्ने इच्छा आज आएर पुरा भएको बताए ।

बामपन्थी दलहरुको एकताले मुलुकमा सय बर्ष पछि को परिर्वतन अहिले नै ग्यारेष्टी गर्छ भने । उनले कम्युनिष्टहरुको एकता मुलुकको आवश्यकता भएकाले त्यसबाट तर्सिएको कांग्रेसलाई लोकतन्त्रबादी शक्ति संग सहकार्य गर्न आग्रह गरे । ‘कम्युनिष्टहरुलाई बिभाजित गरेर शासन गर्ने सपना नदेख्नुस’ उनले भने ‘अब कम्युनिष्टहरुले ५० बर्ष मुलुकमा शासन गर्छन, मुलुकमा आमुल परिर्वतन ल्याउँछन’ उनले कम्युनिष्टहरुको एकता

बहुमतको सरकारलाई मात्रै नभई राजनैतिक स्थिरताका लागि भएको पनि स्पष्ट पारे । आफुँले प्रधानमन्त्रीबाट राजिनामा दिदै शेरबहादुर देउवाका लागि बाटो खोलिदिएको बेला राजनेता भन्ने देउवालाई उक्त भनाई फिर्ता लिन आग्रह गरे । आफुँले राजनेता भनेको ब्यक्तिका बिरुद्ध हलो लिएर उत्रिएको भन्दै दहालले अब उक्त पदवी दिनुको अर्थ छैन भने । ‘मनै देखि राजनेता मानेको हो भने मेरा बिरुद्ध किन उमेदवार खडा गरियो’ उनले भने ‘ढिकुरको जस्तो सानो क्षाती बनाएर देउवाले देशको नेतृत्व गर्न सक्दैनन’