३० कार्तिक, पर्वत । राप्रपा नेपालका पर्वत जिल्ला अध्यक्ष इश्वर गिरी सहितका कार्यकर्ता विहिबार नेकपा एमालेमा प्रवेश गरेका छन । संयुक्त बामगठबन्धन द्धारा आयोजीत चुनावी आमसभामा गिरी नेकपा एमालेमा प्रवेश गरेका हुन । नवप्रवेशी गिरीलाई एमाले अध्यक्ष केपि शर्मा ओलीले टिका र माला लगाई एमालेमा स्वागत गरेका थिए ।
लामो समय देखि प्रजातन्त्रको आन्दोलनमा सक्रिय गिरी कुश्मा नगरपालिका वडा ६ का बासिन्दा हुन । सामाजिक कार्यमा अग्रपक्तिमा नाम आउने गिरीले बामपन्थीले लिएको बाटोले देशमा आर्थिक परिर्वतन सम्भव भएकाले आफू सहितका कार्यकर्ता एमालेमा प्रवेश गरेको बताए । उनीसंगै कुश्मा नगरपालिकाका आधा दर्जन वडाका वडा कमिटिका वडाअध्यक्षहरु सहितका कार्यकर्ता एमालेमा प्रवेश गरेका छन ।
पार्टी प्रवेश गर्नेहरुमा मोदी गाउँपालिकाकी नेपाली कांग्रेसकी वडा महिला दलित उमेदवार मञ्जु विक, मोदीकै रघुनाथ अधिकारी, गोपाल बन्जन लगाएतका छन । यसैगरी जलजला गाउँपालिका २ र ३ नम्बर वडाका सिजन गौचन, सुवास काार्की, बादल पुन, आशिष पुर्जा, सुसान्त सिंह, सलिलान पाइजा, शेखर नेपाली, सुमन गर्वुजा, विशाल गर्वुजा, परजल गोतमे, हेम पुन, लोक पुन, सोनाम नेपाली लगाएतका रहेका छन ।
यसैगरी गरी राम्जादेउरालीका बिजय क्षेत्रीप र जलजलाको सालिकाजका रमेश मिझार पनि एमालेमा प्रवेश गरेका छन । एमालेमा प्रवेश गर्नेहरुमा फलेवास नगरपलिाका ११ का अमरबहादुर पाठक, प्रकाश पाठक, पुतली पाठक, गंगा पौडेल, राजेन्द कडेल लगाएतका रहेका छन । यसैगरी राप्रपाबाट एमालेमा प्रवेश गर्नेहरु रघुनाथ अधिकारी, उमा अधिकारी, रामचन्द्र अधिकारी, सिता अधिकारी, बैगुष्ठ अधिकारी, मिना कुमारी अधिकारी, आनन्द अधिकारी, नारायणदत्त लामिछाने, सिता लामिाछनो, अगन्धन र लामिछने, दयाराम लामिछाने, रिता लामिछाने, गिता लामिाछने, झलक शमाृ, विकास तिावारी, नन्दलाल पोख्रेल नन्दकल् पोखरलेल, अमन बम मल्ल, सुरेश परियार लगाएतका कार्यृकर्ताृहरु एमालेमा प्रवेश गरेका छन ।
पार्टी प्रवेश गर्नेको संख्या ठूलो भएका कारण सवैलाई टिका र माला समेत लगाउन नभ्याइएको एमाले उप सचिव गोविन्द पहाडीले जानकारी दिए । पहाडीका अनुसार विहिबार मात्रै ५ सय कार्यकर्ता एमालेमा प्रवेश गरेका थिए ।




