Print

शंकरपोखरीमा वडा समिति सदस्य सहितका कांग्रेस युवाहरु एमालेमा

३० कार्तिक, पर्वत । निर्वाचनको पुर्व सन्ध्यामा पर्वतको फलेवास नगरपालिका वडा नं. ३ शकंरपोखरीमा एक दर्जन कार्यकर्ता नेपाली काङग्रेस पार्टी परित्याग गरी बामगठबन्धनमा आबद्ध भएका छन् । मंगलबार बामगठबन्धनको चुनावी प्रचार प्रसार कार्यक्रमको अवसरमा उनीहरु बामगठबन्धनमा समाहित भएका हुन् । काङग्रेसको गढ मानिने शकंरपोखरीका कार्यकर्ता बामगठबन्धनमा समाहित भए सँगै नेपाली काङग्रेस लाई भने ठुलो झड्का लागेको छ ।

पार्टी प्रवेश गराउदै निर्वतमान सांसद एवं पर्वत क्षेत्र नं. २ प्रदेश सभाका उम्मेदवार विकास लम्सालले बामगठबन्धनको पक्षमा पुर्वको मेची र पश्चिमको महाकाली सम्मका जनता रहेको बताउदै बाम गठबन्धनको जित भईसकेको दाबी गर्नुभयो । संबिधानको पूर्ण कार्यान्वयन, राजनितिक स्थिरता, विकास र सम्बृद्धीका लागि एमाले, माओवादीलाई मतदान गर्न उहाँले आग्रह गर्नुभयो । उहाँले गरिब,दलित,जनजाती,असाह्य,पिछडीएको क्षत्रमा देखिएको विकराल समस्याको अन्त्य गर्न तथा समग्र देश विकास,समृद्धिको लागी बाम गठबन्धनका उम्मेदवार लाई मत दिनको विकल्प नरहेको दाबी गर्नुभयो । उहाँले फलेवास,शंरपोखरी,थापाठाना,कार्कीनेटा सडक खण्ड लाई स्तरउन्नती गरी मध्यपहाडी लोकमार्गमा जोड्ने गरी आफुले सडकको काम कार्य अगाडी बढाएको बताउनुभयो ।

लम्सालले खानेपानीको चरम समस्या देखा परेको शंकरपोखरीमा लिफ्ट प्रणाली मार्फत घरघरमा एकघर एक धारा जडान गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो । पार्टी प्रवेश गर्दै नेपाली काङग्रेस पुर्व गाँउकार्य समिती सदस्य नारायण रिजाल र टिकाराम अधिकारीले जिल्लाको विकास र परिर्वतन काङग्रेस नेतृत्व बाट सम्भव नभएकाले आफू बाम गठबन्धनमा आएको बताउनु भयो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य गगन बा.थापा प्रदिप, एमाले जिल्ला सचिब पदमपाणी शर्मा,पुर्व एमाले जिल्ला अध्यक्ष मोती प्रसाद पौडेल,एमाले लेखा आयोगका सदस्य हरि कु. श्रेष्ठ,एमाले जिल्ला कमिटी सदस्य बाबुराम सुनार लगाएतले बोल्नुभएको थीयो भने कार्यक्रमको सञ्चालन माओवादी केन्द्रका जिल्ला सचिवालय सदस्य कमल भुषालले गर्नुभएको थीयो ।