Print

कांग्रेस पर्वत चुनावी अभियानमा, दक्षिणी क्षेत्रमा जोशीले भने–‘जिल्लालाई सम्बृद्ध बनाउँछु’

३० कार्तिक, पर्वत । प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचन मिति नजिकिदै जाँदा नेपाली काँग्रेस पर्वतले आफ्ना एजेण्डा सहित घरदैलो कार्यक्रम तथा कोणसभा आयोजना गरेको छ । घरदैलो अभियान अन्र्तगत आज पर्वत क्षेत्र नम्वर २ को भँगरा,कार्कीनेटा र फलामखानीमा सम्पन्न भएको छ । कार्कीनेटामा भएको कार्यक्रममा बामगठबन्धनका एक दर्जन युवा नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।

प्रवेश गर्नेहरुमा ढाकाराम विश्वकर्मा, सन्तोष सुनार रसाईली, लिलादेवी सुनार, मायादेवी सुनार, उर्मिला पौडेल, जमुना सुनार, कुमार परियार, चन्द्रप्रसाद पाध्या, कृष्ण चपागाई, खिमवहादुर दर्जि रहेको दलित संघका अध्यक्ष याम परियार‘शिव’ले जानकारी दिनुभयो । त्यस्तै फलामखानीमा भएको कार्यक्रममा एक दर्जन भन्दा वढि मतदाताहरु प्रवेश गरेका छन् ।

बामगठबन्धनले युवाहरुलाई बेवास्ता गरेको र आश्वासन मात्र बाँड्दै हिँडेको बताउँदै आफुहरु काँग्रेसमा प्रवेश गरको प्रवेशीहरुको भनाई छ । उनीहरुले बामबठबन्धनवाट जिल्लाको विकास सम्भव नभएको भन्दै अन्य युवाहरुलाई समेत काँग्रेसमा प्रवेश गर्न आग्रह गरे ।

प्रवेशीहरुलाई सदस्यता वितरण गदै नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा प्रतिनिधी सभाका उम्मेदवार अर्जुनप्रसाद जोशीले आफ्नो उम्मेदवारी चुनाव जित्नका लागि मात्र नभई जिल्लाको समृद्धिका लागि भएको बताउनु भयो ।उहाँले पर्वत क्षेत्र नम्वर २ विकासमा पछाडी परेको बताउँदै अव, आफ्नो जित सँगै विकासको बाढी ल्याउने उद्घघोष गर्नुभयो ।

‘म जनताको सेवक हुँ मलाई राजनितिमा लागेर दुई÷चार पैसा कमाउने लोभलालच छैन–जोशीले भन्नुभयो, ‘जनताको आवश्यकता हेरेर काम गरेको छु, त्यसैले तिन÷तिन पटक मलाई जनताले विश्वास गर्नुभयो, मलाई विश्वास छ पर्वतवासी जनताले फेरी एक पटक मलाई रोज्ने उहाँको विश्वास छ । उहाँले थप्नुभयो ‘मेरो प्रतिप्रर्धा कसैसँग छैन, छ भने लोकतन्त्र र समृद्धि सँग छ । बामगठबनधनले मुलुकमा अधिनायकवाद ल्याउन चाहेको वताउँदै जोशीले अव जनताले लोकतन्त्र रोज्ने कि अधिनायकवाद रोज्ने भन्ने निर्णय गर्नुपर्ने वेला आएको वताउनुभयो ।

कार्यक्रममा प्रदेस सभा ख का उम्मेदवार राजेन्द्रप्रसाद तिवारीले जनताका भावना र समस्यालाई पहिचान गरेर काम गर्ने बताउनु भएको छ । ‘मैले तपाईहरुले भोगेका समस्यालाई मेरो डायरीमा नोट गरेको छु,‘अव त्यो समस्या म समाधन गर्न चाहान्छु, तपाईहरु सँग सहकार्य गर्न चाहान्छु –उहाँले भन्नुभयो,।’ पर्वत क्षेत्र नम्बर २ ले कहिल्यै विकासको मुहार देख्न नसकेको देख्दा निकै चिन्ता लागेर अहिले नयाँ जोश, भिजन र जिल्लामा विकास र समृद्धि के हो त्यो जनताका आँखा अगाडी काम गरेर देखाउन उम्मेदवार वनेको तिवारीले वताउनुभयो ।

‘वृद्ध आमावुवा एक्लै गाउँमा आँशु पुच्छदै वसेको, विदेशिएका यूवा, गाउँको जमिन वाँझो, नाँगा नानीवावु हामीले कति दिन हेरेर स्वार्थी नेतालाई जिताउने उहाँले भन्नुभयो, आउनुहोस यसपालि मन वदल्नुस तपाईकै भाई,छोरा, दाजु र भाईलाई जिताउनुस जितेपछि तपाईले दिएको गुन म तिर्ने छु’ उहाँले भन्नुभयो । कोणसभामा पर्वतको अवस्थाका वारेमा वोल्दा उहाँका आँखामा आँसु टल्पलाईरहेको थियो । पटक पटक जिल्लाको अघात माया र मतदाताहरुको आँखामा देखिएको सपना आंकलन गरेर तिवारीको गला समेत अवरुद्ध भएको थियो ।