Print

पर्वतको विकासमा केहि नगरेको आरोप पछि जोशीले हुवास पुगेर भने-‘अव भने तम्सुक लेखेर राख्नुहोस’

२५ कार्तिक, पर्वत । आसन्नप्रतिनिधी सभा र प्रदेशसभाको चुनावीप्रचार अभियानअन्तर्गत लोकतान्त्रिक गठवन्धनले आजहुवासमाआमसभा गरेको छ । हुवासमाभएको सभालाई सम्बोधनगर्दै नेपालीकाँग्रेसका केन्द्रिय सदस्यएवं प्रतिनिधी सभाकाउम्मेदवार अर्जुनप्रसाद जोशीले जनताले चाहेको समृद्धि ल्याउनआफु चुनावी मैदानमाआएको वताउनुभयो ।

क्षेत्र नम्बर २ का जनताको समृद्धिको सपना पुरा गर्ने दायित्वआफ्नो काँधमाआएको वताउँदै जोशीले दोविल्लादेखि हुवाससम्मको वाटो पक्किवनाउने, हरेक स्थानीयतहमा एक सुविधा सम्पन्न सरकारी अस्पताल वनाउने, हरेक घरमाखानेपानीको धारा, हरेक घरमा रोजगारी, महिलाहरुलाई उद्यम, दलितहरुको जीवनस्तर उकास्ने खालकाकार्यक्रम र सबै नागरिकहरुको पहुँचमा सहज स्वास्थ्य, शिक्षा, विद्युत, सिँचाई, उद्यम र रोजगारीको अवसर सिर्जना गर्ने जोशीले प्रतिवद्धता व्यक्तगर्नुभयो ।

उहाँले भन्नुभयो,‘ मैले चुनावजितेर गएपछि दोविल्ला देखीहुवाससम्मको वाटो एक वर्षमै पक्कि वनाउँछु, काठका पोल फेरेर फलामकापोल हाल्छु, जोशीभन्नुभयो,‘तम्सुक जस्तै लेखेर राख्नुस मैले पुरा गरिन भने अर्को वर्ष म भोट माग्नआउँदिन ।’

अर्जुन जोशीले तीन पटक चुनावजितेर के ग¥यो भनेर प्रश्नगर्ने तर्फ लक्षितगर्दै जोशीले भन्नुभयो‘ २०५६ सालमाप्रायका घरमा टुकी वल्थ्यो, अहिले सबैको घरमाविजुलीवलेको छ, कुवाको पानीखानुपथ्र्यो अहिले खानेपानीको पहुँच ९१ प्रतिशतमापुगेको छ , पैदल हिँडेर घर जानुपर्ने अवस्थाथियो अहिले गाडीमा जान पाउनुहुन्छ त्यो कस्ले गर्दा भएको हो ?पर्वत जिल्लामानवविकास सुचाकांकमा ११ औँ स्थानमापुग्नु मैले काम नै नगरेर होला त ?उहाँको प्रश्नथियो । आफुँनचाहिँदागफ गरेर जनताको भोट माग्ननआएको वताउँदै जोशीले वोलेका कुरा पुरा गर्ने वताउनुभयो ।

प्रदेशसभा(ख) का उम्मेदवार राजेन्द्रप्रसाद तिवारीले पर्वत क्षेत्र नम्बर २ माआजसम्मअभिभावकनपाएर विकासकापूर्वाधारमा पछाडी परेको उल्लेख गर्दै आफु जनताको सेवागर्ने वाचा गरेर भोट माग्नआएको वताउनुभयो । पर्वतको क्षेत्रनम्बर २ लाई नमूनावनाउनआफ्नो आँखामा एउटा सपना रहेको चर्चा गर्दैे तिवारील त्यो सपना पुरा गर्न जनताले भोट दिन्छन् भन्ने विश्वास गरेको वताउनुभयो । विदेशमागएर पसिनावगाउने यूवा, गाउँमा वेराजगार भएर वसेका यूवा, वुढेसकालमा सहारा नपाएका वृद्ध अवसरवाट वञ्चितदलित, जनजाती, सबै महिलातथा समस्तपर्वतवासीहरुको असल सेवकवन्नउम्मेदवार वनेको तिवारीले वताउनुभयो ।

उहाँले पर्वतका कालापहाडलाई स्वर्ण पहाड वनाउने, धुले सडकलाई पक्कि सडक वनाउने, कृषिमाआधुनिकीकरण गर्ने, भूकम्प पीडितहरुलाई वास दिने, घरवारविहिनहरुलाई घर वनाईदिने, स्थानीयतहमा अस्पताल वनाउने, ठाउँ ठाउँमा वृद्दाश्रम वनाउनअर्जुन जोशी सहितआफ्नो पनि साझा संकल्प रहेको तिवारीको भनाई थियो । कार्यक्रममा समानुपातिकउम्मेदवार एवं नेपालीकाँग्रेस जिल्ला सभापतिखिमप्रसाद भुसालले लोकतान्त्रिक गठवन्धन पराजितभए देशमातानाशाहीतन्त्र, मनपरी तन्त्रहावीभएर लोकतन्त्र हराउने वताउनुभयो । वामगठवन्धन जनतालाई रतिवनाउनवनेको भुसालले उल्लेख गर्नुभयो ।

कार्यक्रममा राप्रपाप्रजातान्त्रिकका केन्द्रिय सदस्य रणवहादुर क्षेत्री राप्रपाका समानुपातिकउम्मेदवार गंगादमाई, समानुपातिकउम्मेदवार टेकवहादुर विश्वकर्मा, काँग्रेस नेता रामशर्मा पौडल, काँग्रेस नेतागिरीराजगौतम, पूर्व महासमिति सदस्यगंगाराजशर्मा, तरुणदलका जिल्लाअध्यक्षतोरण मल्ल ठकुरी राज, नेविसंघका नेताकिसानथापाले रुख चिन्हमामतदान गरे लोकतान्त्रिक गठवन्धनलाई विजयी गराउनआग्रहगर्नुभयो ।
नेपाली काँग्रेस क्षेत्र नम्बर २ पर्वतका सभापति क्याप्टेन धनवहादुर थापाको अध्यक्षतामाभएको सभाको स्वागत नेपालीकाँग्रेस जिल्लाकार्यसमितिका सदस्यतिलकप्रसाद श्रेष्ठ र कार्यक्रमको सञ्चालन क्षेत्रीय सचिव सुमन तिवारीले गर्नुभएको थियो ।