Print

एमालेको चुनावी अभियान आज फलामखानीबाट शुरु हुँदै, कांग्रेसको ठुलिपोखरीमा घरदैलो, बाममोर्चाको अभियान धाइरिङमा

२२ कार्तिक, पर्वत । आगामी मंसीरमा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि नेकपा एमालेले संयुक्त बाम मोर्चाको तर्फबाट आज औपचारिक अभियानको शुरुवात गर्दैछ । अभियान अन्तर्गत क्षेत्र न २ को फलामखानीबाट आफ्नो अभियान सञ्चालन गर्न लागेको हो ।

महाशिला गाउँपालिकाको वडा ६ फलामखानीबाट अभियान शुरुवात भएको उद्घोष एमालेले गर्दैछ । अभियानमा प्रतिनिधि सभाका सदस्य पदम गिरी र प्रदेश सभाका सदस्य उमेदवार विकास लम्साल सहभागी हुनेछन । मोर्चाको तर्फबाट माओवादीको नेता तथा कार्यकर्ताहरु समेत उक्त अभियानमा सहभागी जिल्ला निर्वाचन परिचालन कमिटिका संयोजक भक्त कुँवरले जानकारी दिए । कुँवरका अनुसार प्रदेश सभा सदस्य क्षेत्र न १ का उमेदवार भने जलजला गाउँपालिकाको धाइरिङमा आफ्नो अभियान लिएर जाँदैछन ।

उता, नेपाली कांग्रेसले कुश्मा नगरपालिकाको ठुलिपोखरीमा आफ्नो अभियान सञ्चालन गर्दैछ । कांग्रेसको तर्फबाट प्रदेश सभाका सदस्य नवराज गुरुङ र अर्जुन जोशी उक्त अभियानमा सहभागी हुनेछन । यस अघि प्रदेश क्षेत्र न २ को आमसभा हुवासमा सम्पन्न भएको छ । क्षेत्र न २ का उमेदवार पनि अभियानको क्रममा पैयू गाउँपालिकाका वडाहरुमा घरदैलो अभियानमा ब्यस्त हुने प्रेस युनिएन पर्वतका अध्यक्ष छबिलाल तिवारीले जानकारी दिए ।