११ असोज, पर्वत । नेकपा एमाले पर्वतका अध्यक्ष पदम गिरीले नेकपा एमाले अहिले चौतर्फी घेरावन्दीमा परेको बताएका छन । नेकपा एमाले जलजला गाउँ संगठन कमिटिले पर्वतको वारीवेनीमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै अध्यक्ष गिरीले एमाले देशको पहिलो पाटी भएपछि चौतर्फी घेरावन्दी गरेर एमाले सिध्याउने खेल खेल्न थालिएको बताएका हुन ।
पहिलो चरणको स्थानीय तहको निर्वाचनमा देशको पहिलो दल एमाले बनेपछि सत्तापक्षले अनेक षडयन्त्र गरेर दोस्रो चुनावमा एमालेलाई हराउन खोजेपनि दोस्रो पटक सत्तापक्ष असफल भएका उनले बताए । दोस्रो चरणमा पनि एमाले पहिलो पाटी बनेपछि तेस्रो तहको निर्वाचनमा राज्यका सवै शक्ति र श्रोत प्रयोग गरेर एमालेलाई घेरावन्दी गरिएको आरोप उनले लगाए । मधेसी जनता माझ एमालेले आफ्ना एजेण्डा लैजान नपाएका कारण पनि तेस्रो चरणको निर्वाचनमा एमाले कमजोर भएको जिकिर गर्दै अध्यक्ष गिरीले प्रदेश र संघको निर्वाचनमा अव एमाले बहुमत सहितको पहिलो पाटी हुने जिकिर गरे ।
जलजला संगठन कमिटिका कार्यकर्ताहरुलाई निर्देशन दिदै अध्यक्ष गिरीले दशैलाई निर्वाचनको उत्सव बनाएर मनाउन आग्रह गरे । कार्यक्रममा उपाध्यक्ष भक्त कुवंर, पाटीका पूर्व उप सचिव उदय सुवेदी, एमाले नेता नरबहादुर केसी, रामबहादुर विक, जिल्ला समन्वय समितिका सदस्य ओम रेग्मी, नरेन्द्रराज खत्री लगाएतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।




