Print

‘जनताको आम्दानीमा बृद्धि मेरो पहिलो एजेण्डा’–सांसद जोशी

११ असोज, पर्वत । सांसद अर्जुन जोशीले जनताको आम्दानीमा बृद्धि नै आफ्नो पहिलो एजेण्डा रहेको बताउनुभएको छ । कुश्मा नगर पालिका कुश्मा नगर पालिका शिल्मीमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै सांसद जोशीले जनताको आम्दानीको स्तरमा बृद्धि नभएसम्म राष्ट्रको आर्थिक सम्बृद्धि सम्भव नभएको भन्दै जनताको आम्दानीमा बृद्धि गर्ने आफ्नो पहिलो एजेण्डा रहेको बताउनुभएको हो ।

सांसद जोशीले राजनीतीक प्रतिस्पर्दाको भावनामा अन्य पार्टीलाई लाल्छना लगाएर वोल्दा परिणाम गलत निश्कने बताउनु भएको छ । जोशीले काम भन्दा बढी प्रचारमा लागेर प्रतिपक्षी दललाई आलोचना गर्दा दिर्घकालीन असर पुग्ने बताउनु भएको छ । जोशीले जनतालाई साँचो कुरा लुकाएर राजनीती गर्दा तत्कालीन राजनीतीक प्रतिसोध पुरा भएको देखीएपनि दिर्घकालीन परिणाम गलत आउने बताउनु भएको हो । कार्यक्रममा बोल्दै जोशीले सम्पुर्ण नेपाली दाजुभाईहरु दिदिबहीनी तथा आमाबुवामा नवदुर्गाले सत्य बोल्ने बुद्धि प्रदान गरुन भन्दै शुभकामना व्यक्त गर्नुु्भएको हो ।

कार्यक्रममा जोशीले आँफु पारदर्शी र सदाबहार राजनीती गर्ने भएकै कारण क्षेत्र न एकका जनाको विश्वास जितेर तीन पटक सम्म जन प्रतिनिधि बनेको बताउनु भयो । कच्ची बाटो र विजुली सबै क्षेत्रमा पुगीसकेका कारण अब आँफुले उत्पादन मुखी कार्यक्रममा जोडी दिएको जोशीले कार्यक्रममा उल्लेख गर्नुभयो । कार्यक्रममा जोशीले सिल्मी कार्कीनेटा सडक खण्डा योजनाको चरणमा रहेको बताउँदै आँफनो सक्दो पहल भईइरहेको बताउनु भयो । शुभकामना दिँदै जोशीले आर्य आर्जनमा लाग्न सबै सिल्मी बासीहरुलाई आग्रह गर्नुभएको छ ।

जनता आवास कार्यक्रमको संयोजक रहेका कारण सील्मीमा दश घर बनाउने चरणमा पुगेको बताउनु भयो । कार्यक्रममा नेकपा एमाले गाउँ कमीटी अध्यक्ष धर्मदत्त सुवेदी माओवादी केन्द्र गाउँ टिकाराम सुवेदी नेपाली काँग्रेश क्षेत्रीय कोषध्यक्ष रमेश बम मल्ल ,नेपाली काँग्रेश महासमीती सदस्य अध्यक्ष चुडामणी शर्मा ,महीला प्रतिनिधि मनीसा नेपाली लगायतले बोल्नु भएको हो । नेपाली काँग्रेश सिल्मी गाउँ सभापति टंक सुवेदीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन नेपालm विध्यार्थी युनीयनका जिल्ला सदस्य सिन्तोस सुवेदीले गर्नुभएको हो । -महेन्द्र के.सी