Print

दशैंको मुख मा अनर्थ…. छोराछोरीलाई लिएर मन्दिर गएकी आमा , यसरी भयो ३ जनाकै मृत्यु

११ असोज, पर्वत । छोराछोरीलाई लिएर मन्दिर गएकी आमा र छोराछोरी कोही पनि फर्किएनन् । दशैंको बेला मन्दिरमा गएका तीन जनाकै मृत्यु भएको छ । सडकछेउमा ट्राफिक चेकिङ भइरहेका बेला सकुटरका कागजपत्र देखाउँदै गर्दा उनीहरुलाई टाटा सफारी कारले ठक्कर दिएको हो ।

भारतको बिहार सिकंदरामा भएको घटनामा दुई प्रहरी जवान पनि घाइते भएका छन् । यी तीनैजना मन्दिरमा पूजा गरेर फर्कदै थिए । यहाँकी चन्दन कुमारी आफ्ना छोरा र छोरीसँग मन्दिर गएर फर्किदै गर्दा प्रहरीले चेकिङका लागि रोकेका थिए ।

त्यही बेला निकै तीब्र गतिमा आएको टाटा सफारीले उनीहरुले कुचेको हो । सफारीलाई प्रहरीले जाँचका लागि रोके पनि गाडी नरोकी जान खोजेको थियो । साभार::के छ खबर