अहिले सम्म एक मिटर पनि कालोपत्रे बाटो नरहेको फलेबासमा साउन महिनामा मर्मत गरेर कच्ची सडकहरु सुचारु गरिएको र असोजको पहिलो साता देखि बर्षाले भत्काएका सडकहरु मर्मतको काम गरिरहेको जनाएको छ । सबै सामुदायिक बिद्यालयमा कम्तीमा पनि १ कक्षा सम्म बालमैत्री र अनिवार्य अंग्रेजी सहितको शिक्षा सुरु गर्नका लागि प्रधानाध्यापक भेलाबाट १७ बुँदे प्रतिबद्धता ब्यक्त गरिएको छ भने शिक्षकहरुलाई टे«निङ्ग दिन प्रशिक्षकहरु तयार भएका छन ।
फलेबास नगरपालिकाले १ हजार मेघावाट क्षमताको जलासययुक्त कालीगण्डकी बि जलबिद्युत आयोजनाको संभाब्यता अध्ययनका लागि समन्वयको काम थालिसकेको पनि प्रमुख शर्माले जानकारी दिए । नगरपालिकाले घरघरमै पुगेर सामाजिक सुरक्षाभत्ता बितरणको काम गरिरहेको र यसपटक पहिलो चौमासिकको १ करोड ९७ लाख ६ हजार जनप्रतिनीधी र वडा सचिबले बितरण गरिसकेको र बाँकी नपुग रकम २२ लाख निकासा भैसकेको लेखा अधिकृत धनपति पौडेलले जानकारी दिए । सबै शिक्षक, कर्मचारी, कृषि, स्वास्थ्य, पशुसेवा तर्फका कर्मचारीहरुको तलब समेत खुवाई सकेको छ ।
यसैगरी सबै स्वास्थ्य संस्थामा ५ बजे सम्म खुल्ने ब्यबस्था मिलाउनुका साथै ब्यबस्थित बस्ती बिकासका लागि घरजग्गा नक्सापास शुरु भैसकेको पनि नगरपालिकाले जनाएको छ । समृद्ध नगर बनाउनका लागि नगरपालिकाले काम थालेको उपप्रमुख मञ्जु अधिकारी लम्सालले बताईन ।
कार्यालयले भौतिक संरचना कर्मचारी तथा भौगोलिक विकटताको चुनौतीमा पनि काम गर्न सफल रहेको कार्यकारी अधिकृत मोती सापकोटाले बताए । अन्य स्थानीय निकायको तुलनामा फलेवास नगरपालिकाले उत्साहजनक काम गरेर नमुना प्रस्तुत गरेको बताएका थिए ।




