८ असोज, पर्वत । केहि बर्ष अगाडी पर्वतको क्षेत्र नम्बर दुईबाट निर्वाचित भएका साँसद बिकास लम्सालले पत्रकार प्रति निकै चर्को रुपमा रोष प्रकट गरेका छन् । बिकास लम्सालका हालसम्मका नकारातमक कामहरुको पत्रकारले भण्डाफोर गर्न थाले पछि अतालिएका लम्सालले पत्रकारहरुलाई नै बेईज्यत हुने गरि टिप्पणी गरेका हुन ।
दशै मनाउनको लागि घर आएका बेला एमालेको पार्टी कार्यालय कुश्मामा आयोजना भएको किसान महासंघको जनप्रतिनिधीहरुसँग भएको अन्तरकृया तथा बिजय दशमीको शुभकामना आदान प्रदान कार्यक्रममा पत्रकारहरुसँग नै चुनाव लड्ने गरि पर्वतका पत्रकार यस्ता र उस्ता भन्दै तथानाम गाली गरेको कार्यक्रममा सहभागी एक एमालेका उच्च नेताले बताए ।
उनले भने साँसद लम्सालले नेपाली कांग्रेस र माओवादी केन्द्रसँग होईन पत्रकारसँग चुनाव लड्ने जस्तो गरि निकै आक्रमक रुपमा समाचारमा आएका बिषयहरुलाई आफ्नो भाषण बनाई पाडापाढीले हो कि जनताले हो भोट हाल्नी हेरौंला भन्दै पत्रकार प्रति रोष प्रकट गरेका थिए ।
केहि समय अगाडी साँसद लम्सालले पालेका फलेवासका पाढापाडीहरुको समाचार, दाताहरुको सहयोगमा आएको एम्बुलेन्स्लाई आफैले बाडेको जस्तो गरि प्रचार गरेको समाचार, बिकासको नाममा कुश्मा ठुली पोखरी देखि कार्कीनेटाको मोटरबाटोलाई कुश्मा फलेवास देखि कार्कीनेटा लगेको चलखेलको समाचार, साँसद बिकास कोषको रकममा मनलाग्दी गरेको समाचार लगायतका दर्जन बढी समाचार पत्रकारहरुले लेखेपछि अत्तालिएका साँसद लम्सालले शनिबार पार्टी कार्यलयमा आयोजित कार्यक्रमा पत्रकारलाई नै गलत भन्दै तथानाम गाली गरेका हुन ।
जनताको काममा भन्दा दाताका काममा बढी ब्यस्त भएको, सामान्य काममा पनि सस्तो प्रचारबाजी गरेको जस्ता अनेक आरोप खेपिरहने सासद लम्सालले यो समयमा भने आफ्नो मर्यादालाई समेत बिर्सीएर पत्रकारको नै खेदो खनेका हुन । किसान महासंघको कार्यक्रममा निम्ता पाएर पुगेका केहि पत्रकारहरु भने बिकास लम्साललाई देखेपछि फकिएको समेत कार्यक्रममा सहभागी एक एमाले नेताले सुचनाकेन्द्र डटकमलाई बताएका छन् ।
केन्द्रिय साँसदको टिकट पाउने म नै हो भनेर प्रचार गर्दै हिडेका साँसद लम्सालको यो रबैयाले उनी प्रतिको जन बिश्वासमा समेत घात पुग्नेछ । संबिधान सभाको चुनावमा जितेपछि सबै आफ्नै हो जस्तो गरि पत्रकारहरुको नै मान मर्दन गर्दै पार्टीका कार्यक्रमहरुमा आफ्नो पक्षमा समाचार नआएको झोक पत्रकारलाई पोख्नुलाई राम्रो मान्न नसकिने उक्त कार्यक्रममा पुगेर फिर्किएका एक पत्रकारले बताए । उनी भन्छन् साँसद जस्तो मान्छे गाउँका सामान्य किसानले गर्ने जस्तो पनि मान मर्दन गर्न जान्दैन भने उसले चुनाव जितेर जनताको पक्षमा के गर्लान यो सोचनिय बिषय छ ।- सुचना केन्द्र डटकमबाट




