Print

पर्वतका एक युवाको पोर्चुगलमा यसरी भयो हत्या

२८ भदौ, पर्वत । पोर्चुगलमा एक नेपालीकाे छुरा प्रहार गरि हत्या गरिएको छ । राजधानी लिस्वनमा मंगलबार राती पर्वत जिल्लाको मजुवा घर भएका युवको छुरा प्रहार गरेर हत्या गरिएको उनको नाम सार्वजनिक गरिएको छैन् ।

उनलाई धादिङ घर भएका नेपालीले हत्या गरेको प्रारम्भिक अनुसन्धाबाट खुलेको छ । छुरा प्रहरबाट एक अर्को व्यक्ति घाईते भएका छन् ।

राजधानी लिस्वनको क्याम्पे पिकान्तेस्थित सडकमा अज्ञात व्यक्तिले छुरा प्रहार गरेको थियो।

सडकमा छुरा प्रहार गरि हत्या गरेको पोर्चुगल प्रहरीलाई उदृत गर्दै स्थानीय सञ्चारमाध्यमले समाचार सार्वजनिक गरेका छन्। मृतक चाइनिजको रेष्टुरेष्टमा काम गर्दै आएका थिए। दुई अघि मात्र साहुले उनलाई निकालेको थियो।

दाजुको घटनास्थलमा मृत्यु भएको थियो भने सामान्य घाइते भएका भाईको अहिले यहाँस्थित सान्तामारा हस्पिटलमा उपचार भइरहेको छ। उनी केही वेर अघि डिस्चार्ज भएको घटनास्थल पुगेका एनआरएन पोर्चुगलका निर्वतमान अध्यक्ष भीमकमल केसीले जानकारी दिएका छन्।–टिभि अन्नपूर्ण