२८ भदौ, पर्वत । स्थानीय तहको तेस्रो चरणको चुनाव र मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको आचारसंहिता लागू भइसकेका बेला न्याय परिषद्ले १९७ जना जिल्ला न्यायाधीशलाई सरुवा गरेको छ ।
परिषद्को बुधबार बसेको बैठकले ७७ जिल्लाका न्यायाधीशलाई सरुवा गर्ने निर्णय गरेको हो । साथै सर्वाेच्च अदालतमा तीन जना न्यायाधीश सिफारिस गरिएको छ ।
जसअनुसार पर्वतका मोहनराज भट्टराईको सरुवा सर्लाही जिल्ला अदालतमा भएको छ । भने पर्वतमा सिराहा जिल्ला अदालतका न्यायधिस धुव्रप्रसाद सापकोटा आउने भएका छन ।




