२८ भदौ, पर्वत । पोर्चुगलमा एक नेपालीले हत्या गरेको भनिएका ब्यक्तिको परिचय खुलेको छ । उनी जिल्लाको जलजला गाउँपालिका अन्तर्गत माझफाँटका हरी बहादुर जिसी रहेको विदेशमै रहेका उनका छिमेकी रामशरण खत्रीले पुष्टि गरेका छन । खत्रीले आफ्नो फेसवुक पेजमा हत्या भएको पुष्टि गर्दे हत्यारालाई कारबाही गर्नुपर्ने बताएका छन ।
पोर्चुगलको लिस्बोनमा काम सकेर राती ११ बजे कोठमामा फकर्ने क्रममा संगै काम गर्ने धादिङका अर्जुन सापकोटा नाम गरेका ब्यक्तिले छुरा प्रहार गरी उनको हत्या गरेका थिए । उनीसंगै अर्का एक ब्यक्ति छुरा प्रहारबाट घाइते भएका छन । घटनाको थप विवरण प्राप्त हुन बाँकी छ ।
हत्या गरेको आरोप लागेको यी अर्जुन सापकोटा नामको ब्यक्तिको फोटो आफ्नो फेसवुकमा राख्दै विदेशमा रहेका नेपालीहरुले खोजी गर्न सवैलाई अपिल गरेका छन ।





