२८ पर्वत भदौ । जिल्लाको पुरानो र ठूलो नगरपाकिलामा झण्डै ५० करोड बराबरको बजेट आउने भएको छ । कुश्मा नगरपालिकाको कार्यालयले दिएको जानकारी अनुसार विकास र चालु खर्च गरी झण्डै ५० करोड बराबरको बजेट ल्याउने गरी नगरकार्यपालिकाले तयारी गरीरहेको छ ।
नगरकार्यपालिकाको निर्णय अनुसार वडास्तरका योजनाहरु संकलन भईसकेका छन । वडास्तरीय योजनाको छनौटसंग विषयगत कार्यालयहरुका योजनाहरु समावेश गर्ने गरी नगरकार्यपालिकाले तयारी गरिरहेको छ । नगरप्रमुख रामचन्द्र जोशीका अनुसार आगामी हप्ता दिन भित्र कार्यपालिकाकाले बजेट ल्याउने गरी तयारी जुटेको हो । कुश्मालाई सम्बृद्ध नगर बनाउने गरी वडातहका योजनाहरुलाई समेत सम्बोधन हुने गरी बजेट ल्याउने गरी तयारी गरिएको उनले बताए । जनालाई प्रत्यक्ष राहत दिने गरी बजेट ल्याउने कार्यमा नगरकार्यपालिका जुटेको बताउँदै जोशीले जनतालाई आहात दिने गरी बजेट नल्याउने स्पष्ट पारे । केहि महिना जनप्रतिनिधिहरुका वीचमा देखिएको समस्या समाधान भएसंगै कुश्मा नगरपालिकाले नगरसभाको तयारी गरीरहेको छ ।
राजनैतिक दलहरु वीच रहँदै आएको विवाद टुंगीएसंगै कुश्मा नगरपालिकामा नगर सभाको तयारी शुरु भएको हो । नगर सभाको लागि नगरका १४ वटै वडामा योजनाहरुको छनौट प्रक्रिया अगाडि बढेको छ । नगरप्रमुख रामचन्द्र जोशीले दिएको जानकारी अनुसार वडा स्तरका योजनासंकलन कार्य शुरु भएको हो । मुख्य गरी सडकका योजनाहरुलाई प्राथमिकता दिएर बजेट ल्याउने तयारी भईरहेको श्रोत बताउँछ । कुश्मा नगरपालिकामा कच्चि सडक भित्र कालोपत्रे र केहि वडाहरुमा नयाँ सडक निर्माणका समेत माग आएकाले ति सवै योजनाहरुलाई क्रमशः सम्बोधन गर्दै जाने गरी बजेट निर्माण कार्य भईरहेको बुझिएको छ ।
नगरकार्यपालिकाकाले केह करका दायराहरुलाई भने बढाउने गरी निर्णय गरेको नगरश्रोतले बतायो । कुश्मा सदरमुकाम भएकाले यहाँको आर्थिक कारोबारलाई हेरेर जनताको ढाड नसेकिने गरी करको दायरालाई केहि फराकिलो बनाउन लागिएको नगरप्रमुख जोशीको भनाई छ । उनले नगरबासीले खुशीका साथ तिर्न सकिने करहरुलाई मात्र समावेश गर्ने गरी नगरकार्यपालिकामा छलफल भईरहेको बताए ।




