Print

मुस्ताङ कांग्रेसमा पहिरो, ६ सय कार्यकर्ता एमालेमा प्रबेश

१९ भदौ, मुस्ताङ ।  बिगत १ वर्ष अघि नेपाली काग्रेस मुस्ताङको सांगठनिक बिस्तारमा असन्तुष्ट बनेका जिल्लास्तरिय नेता तथा कार्यकर्ता एमालेमा प्रबेश गरेका छन् ।

चराङबाट सहयोगी पत्रकार नीरज थकालीका अनुसार दोश्रो चरणमा एमाले प्रबेश गर्नेहरुमा मुस्ताङ उद्योग बाणिज्य संघका अध्यक्ष खगेन्द्र तुलाचन, दालोमे गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल बिष्ट(राजु), उपल्लो मुस्ताङका १६ यूवा क्लवको अगुवाई गरेका यूवा हस्ती ईन्द्रधारा बिष्ट,नेपाली काग्रेसमा असन्तुष्ट जिल्ला स्तरिय नेतृ माया बिष्ट,जिल्ला प्रशासन कार्यालयका पूर्व प्रशासक एवं समाजसेवी महेन्द्र बहादुर थकाली लगायत करिव ६ सय बढी कार्यकता एमालेमा प्रबेश गरेका छन् ।

यसअघिको पहिलो चरणमा नेपाली काग्रेस मुस्ताङका संस्थापक सभापती आनन्द शेरचन,गत संसदिय निर्वाचनमा झिनो मतान्तरले पराजित बनेका प्रेम प्रसाद तुलाचन,मुस्ताङ जीप तथा बस व्यवसाय समितिका अध्यक्ष मिन प्रसाद थकाली र नरसिह शेरचन लगायत १५ सय भन्दा बढी कार्यकर्ता एमाले प्रबेश गरेका थिए ।

चराङमा भएको दोश्रो चरणको पार्टी प्रबेशमा एमाले अध्यक्ष चन्द्रमोहन गौचन तथा आनन्द शेरचनले संयूक्त रुपमा पार्टी प्रबेश गराएका हुन् ।यसअघिको पहिलो पार्टी प्रबेशमा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रबेश गराएका थिए ।