१७ भदौ, पर्वत । नेपालकै सबैभन्दा अग्लो कुस्मा –ज्ञादी झोलुङ्गे पुलबाट हामफालेर आत्महत्या गर्ने प्रेमिल जोडी हो धरान उपमहानगरपालिका ११ सुनसरीका २६ बर्षिय अकिन गुरुङ्ग र ललितपुर उपमहानगरपालिका –१४ ढिलाहिटीकी २५ बर्षिया मुना राना । पर्वतको कुस्माबजार र ज्ञादी जोड्ने मुलुककै अग्लो मध्ये एक कुस्मा – ज्ञादी झोलुङ्गे पुलबाट साउन १४ गते राती हामफालेर गुरुङ्ग र रानाको जोडीले आत्महत्या गरेको थियो । पुलबाट राती ९ बजेको समयमा हाम फालेका जोडीको शब साउन १५ बिहान मोदीखोला किनारबाट प्रहरीले निकालेको थियो ।
उनीहरु घुम्नका लागि आएका थिए ।मुस्ताङ्गमा घुम्दै गर्दा खिचेका तस्बीरहरु पर्वत न्यूज डटकमले प्राप्त गरेको छ । उनीहरु घुमफिरमा निक्कै आनन्द लिएको देखिन्छ । तस्बीर हेर्दा उनीहरु हाँसी खुसी छन । पुलमा आएपछि किन आत्महत्याको बाटो रोजे यो प्रश्न अनुत्तरित नै छाडेर गएका छन मुना र अकिनको जोडीले । मुस्ताङ्गमा खिचेका तस्बीरहरु उनीहरुको मोबाइलमा फेला परेका थिए ।
तस्बीर स्रोत जिप्रका पर्वत





