भरतपुर, २१ साउन । भरतपुर महानगरपालिका वडा नम्बर २० को मतगणना अहिले जारी छ ।
जारी मतगणनामा नेकपा एमालेका मेयर पदका उम्मेदवार देवी ज्ञवाली कांग्रेस-माओवादी गठबन्धनकी उम्मेदवार रेणु दाहालभन्दा १ सय ७० मतले अघि छन् । यस वडामा खसेको ३३ सय २ मतमध्ये ४ सय २ मत गनिसकिएको छ ।
पछिल्लो मत परिणाम
देवी ज्ञवाली–४२०६९
रेणु दाहाल–४१८९९




