Print

भरतपुर २० मा मतगणना जारी, एमालेलाई १४ सय ४१ को लक्ष्य

२१ साउन, पर्वत । भरतपुर महानगरपालिका विजय सुनिश्चितताका लागि वडा न २० मा एमालेलाई १ सय ४१ मतको आवश्यकता छ । बदर मतको हिसाव नगर्दा एमालेले सो भन्दा कम मत एमालेको लागि हार निश्चित प्रायः छ ।

यस अघिको मत ४१९४६ मा १५४१ जोड्दा ४३४८७ हुन्छ । जबकी माओवादीको ४१७२५ मा १७६१ जोडदा ४३४८६ हुन्छ ।

कुल ३३ सय २ मत खसेको वडा न २० एमालेले १५ सय ४१ मत ल्याउँदा बाँकी मत माओवादीलाई दिदाँ पनि एमाले अगाडि देखिन्छ तर प्रारम्भिक मत परिणाम अनुसार माओवादीकी रेणु दाहाल एमालेका देवी ज्ञवाली भन्दा झण्डै ५० मतान्तर भएको समाचार सार्वजनिक भएको छ । यो अनुपातमा भने एमालेका ज्ञवालीलाई चुनाव जित्न गाहे हुने अनुमान गर्न सकिन्छ ।