Print

पर्बतमा २३ करोड बजेट फ्रिज, सिंचाई कार्यालयको खर्च ६० प्रतिशत मात्रै

 श्राबण २, पर्बत । जिल्लाको लागि आर्थिक बर्ष ०७३/०७४ मा आएको कुल बजेट मध्ये २३ करोड रकम फ्रिज भएको छ । विनियोजन भएको बजेट समेत खर्च हुन नसक्दा जिल्लामा विकास निर्माणका काम समेत प्रभाबित बनेका छन् । पर्बत जिल्लाको लागि आर्थिक बर्ष ०७३/०७४ को लागि बिनियोजन गरिएको चालु तर्फको कुल बजेट ३ अर्ब, ४३ करोड, २ लाख ४५ हजार ४ सय ४४ रुपैया मध्ये १३ करोड रुपैया फ्रिज भएको छ । जसमा ३ अर्ब ३० करोड ६३ लाख ६९ हजार ५ सय ६ रुपैया ९९ पैसा खर्च भएको हो ।

पुँजीगत तर्फको कुल बजेट ८२ करोड, १८ लाख ६९ हजार मध्ये ७२ करोड, ६० लाख ९७ हजार ४ सय ३४ रुपैया रकम फ्रिज भएको छ । पुजीगत तर्फ १० करोड रकम फ्रिज भएको कोष तथा लेखा नियन्त्रण कार्यालय पर्वतका प्रमुख कोष नियन्त्रक बिष्णुप्रसाद खरेलले जानकारी दिनुभयो ।

सरकारी कार्यालयहरुले आर्थिक बर्ष २०७३/०७४ मा सरकारले बिनीयोजित गरेको रकम अनुसारको काम हुन नसक्दा रकम फ्रिज भएको हो । आर्थिक बर्षमा बढी रकम फ्रिज भएका कार्यलयहरु मध्ये सिंचाई डिभीजन कार्यालय रहेको छ । जसको पुँजीगतर्फको कुल बजेट ८ करोड ३६ लाख ४० हजार रहेकोमा ५ करोड ४ लाख ५२ हजार ३ सय २८ रुपैया खर्च भएको खरेलले बताउनुभयो । कार्यलयले असार महिनामा मात्रै ६० प्रतिशत काम गरेको छ । २ करोड ९७ लाख ६३ हजार रकम असार महिनामा खर्च भएको छ ।

उहाका अनुसार सबै भन्दा बढी बजेट खर्च गर्नमा जिल्ला खानेपानी तथा सरसफाई डिभीजन कार्यालय रहेको छ । जसको कुल बजेट ३० करोड १५ लाख १० हजार रहेकोमा २९ करोड ४९ लाख ९९ हजार ९ सय ३८ रुपैया खर्च भएको छ । ६५ लाख १० हजार ६२ रुपैया फ्रिज गरेको यस कार्यलयले पनि असारमा मात्रै झण्डै साढे १६ करोड रकम खर्च गरेको उहाले बताउनुभयो । त्यसबाहेक प्रायजसो रकम सवै कार्यालयको फ्रिज भएको कोष तथा लेखा नियन्त्रण कार्यालय पर्बतले जनाएको छ ।

जिल्लामा रहेका सबै सरकारी कार्यालयहरु मध्ये बढी निकासा रकम सबै भन्दा बढी असार महिनामा खर्च भएको कार्यलयले जनाएको हो । पुँजीगत तर्फको ५० प्रतिशत रकम असार महिनामा खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालय पर्वतले जनाएको छ । असार महिनामा मात्रै झण्डै १ अर्ब रुपैया खर्च भएको छ । जिल्लामा सञ्चालित कार्यलयहरुले प्रभाबकारी रुपमा काम गर्न नसक्नु, समय समयमा गर्नुपर्ने कार्यक्रमहरु असार महिनामा मात्र लागु गर्नु, असार महिनामा मात्र योजना सम्झौता हुनु लगायतका कारण जिल्लामा बिकास निर्माणका कामले गति लिन नसकेको स्थानीय बासिले गुनासो गरेका छन् ।

पर्बतमा भने अघिल्लो आर्थिक वर्षमा कुल बजेटमध्ये २० करोड रुपैया फ्रिज भएको थियो । जिल्लामा वर्षेनी विकास बजेट फ्रिज हुदै आईरहेकोे पाइएको छ । जसले गर्दा जिल्लाको समग्र विकासका लागि आएको बजेटको समुचित रपमा उपयोग हुन सकिरहेको छैन् । –सुबास लामिछाने