२ साउन, पर्वत । शिक्षक नारायण पौडेलको मृत्युको विषयमा पर्वतमा क्रियाशिल शिक्षक संगठनहरुले दुई हप्ता पछि आफ्नो धारणा सार्वनिक गरेका छन । मृत्युको कारणका विषयमा प्रहरी अनुसन्धान भईरहेको बेला शिक्षक संगठनहरुले मृत्युको विषयमा विज्ञप्ति मार्फत मृत्यु जस्तो जघन्ट घटना आफै घटेको हो या कसैले घटाएको हो सो सम्बन्धमा छिटो भन्दा छिटो छानवीन हुनुपर्ने र परिवारलाई राहत दिनुपर्ने भन्दै शिक्षक संगठनहरुले विज्ञप्ति मार्फत माग गरेका हुन ।





