Print

एमाले पर्वतले थाल्यो संघ र प्रदेश निर्वाचनको तयारी, संगठन सुढिकरण, वैठक र भेलाहरु बस्दै

२ साउन, पर्वत । नेकपा एमाले पर्वतले संघ र प्रदेश निर्वाचनको तयारी थालेको छ । स्थानीय तहको निर्वाचनमा जिल्लामा बहुमत स्थानीय तह सहित पहिलो पार्टी र झण्डै दुई तिहाइ वडा सहित विजयी भएको एमालेले इतिहासलाई कायम गर्ने भन्दै निर्वाचनको तयारी थालेको हो ।

एमालेले पहिलो चरणमा सवै स्थानीय तहहरुमा नगर/गाउँ संगठन कमिटिको वैठक मार्फत स्थानीय तहको समिक्षा गर्ने र आगामी निर्वाचनका लागि ठोस कार्य योजना निर्माण गर्ने चरण शुरुवात गरेको छ । नेकपा एमाले पर्वतका अध्यक्ष पदम गिरीले एमाले प्रतिको जनताको विश्वासलाई निरन्तरता दिन एमालेले गरेका जनमुखी कामहरु जनस्तरसम्म पुराउन अझै बाँकी रहेको जिकिर गरे । जिल्ला देखि वडास्तरसम्मक संगठनहरुलाई चलाएमान बनाएर एमाले प्रति जनताको विश्वासमा थप अभिबृद्धि गर्ने गरी पार्टी कमिटि लागी रहेको समेत उनले बताए ।

अभियान अन्तर्गत कुश्मा नगरसंगठन कमिटि र मोदी संगठन कमिटिको वैठक सम्पन्न भएको छ भने बाँकी स्थानीय तहहरुमा पनि क्रमशः वैठकहरु बस्ने गरी एमालेले तयारी गरीरहेको छ । केहि महिना भित्रै प्रदेश र संघका निर्वाचनहरु हुँदैछन । संविधानलाई कार्यान्वयन गर्नका लागि ति चुनावहरु अनिवार्य छन । संघको निर्वाचनले केन्द्रिय सरकार निर्माण गर्नेछ भने प्रदेशको चुनावले प्रदेश सरकारको गठन गर्नेछ ।