२९ असार, पर्वत । नगरसभा सुरु हुनु भन्दा पाँच मिनेट अगाडी जनाउ घन्टी बज्यो , सबै सभासद र आमन्त्रित पाहुना आ–आफ्ना परिचयपत्र भिरेर भित्र पसि सकेका थिए र जनाउ घण्टी बजेपछि ढोकाहरु बन्द गरिए , पाँच मिनेट पछि रातो किताब बोकेर नगरप्रमुख कक्षमा प्रबेश गरे संगै राष्ट्रिय गीतको धुन बज्यो । धुन सकिएपछि नगरप्रमुखले नगरसभामा निती तथा कार्यक्रम प्रस्तुत हुने जानकारी दिदै सरासर रोष्टममा गए र निती तथा कार्यक्रम प्रस्तुत गरे । निती तथा कार्यक्रम प्रस्तुत गरेपछि उपप्रमुखले आधा घण्टाका लागि सभा स्थगित गरिएको सुचना पढिन र सबै सभासद बाहिर निस्कीए ।
यो दृश्य प्रतिनिधी सभा वा संसदको होइन । संसदमा सरकारको तर्फबाट निती तथा कार्यक्रम प्रस्तुत गरेको प्रत्यक्ष वा टेलिभिजनबाट प्रस्तुत गरेको सबैले देखेका छौ । जसरी संसदमा निती तथा कार्यक्रम प्रस्तुत गरिन्छ त्यही शैलीमा अहिलेका स्थानिय तहले पनि आफ्नो बार्षिक निती तथा कार्यक्रम प्रस्तुत गर्ने अभ्यास समेत शुरु गरेका छन । त्यसको पछिल्लो उदाहरण बनेको छ पर्वतको फलेबास नगरपालिका । फलेबास नगरपालिकाले बिहीबार संसदमा निती तथा कार्यक्रम प्रस्तुत गरेकै शैलीमा निती तथा कार्यक्रम पेश गरि पारित समेत गरेको हो ।
नगरसभामा प्रमुखले कार्यक्रम प्रस्तुत गरेपछि छलफलमा भाग लिन चाहेका सदस्यहरुले नाम लेखाएर आफ्ना धारणा राखेका थिए । सभासदका धारणाहरुमाथि नगरप्रमुख पदमपाणी शर्माले जवाफ दिएपछि निती तथा कार्यक्रम निणर्याथ प्रस्तुत गरियो । हुन्छ भन्नेले बढी हात उठाएका कारण बहुमतबाट निती तथा कार्यक्रम पारित भएको घोषणा गरियो । स्थानिय सरकार नै भएका कारण संसदमा गरिने अभ्यास नगरसभामा गरिएको फलेबास नगरपालिकाका प्रमुख पदमपाणी शर्माले बताए ।
‘स्थानिय तह भनेका स्थानिय सरकार हुन , त्यसैले जसरी सरकारले आफ्नो निती तथा कार्यक्रम बनाउँछ, पेश गर्छ त्यसरी नै नगरपालिकाले पनि प्रस्तुत गर्ने प्रयास थालेका हौ’ उनले भने ‘स्थानिय तहले अब पुर्णरुपमा सरकार, संसदको झल्को दिने गरि काम गर्नुपर्छ ।
शनिबार फलेबास नगरपालिकाको आर्थिक बर्ष २०७४÷०७५को बार्षिक अनुमानित आय र ब्यय(बजेट पनि संसदीय अभ्यास र शैलीका आधारमा प्रस्तुत गर्ने तयारी भएको उपप्रमुख मञ्जु अधिकारी लम्सालले बताइन । फलेबासका जनताले संसदकै बजेट प्रस्तुत गरेको देख्न सक्ने उनले जानकारी दिइन । फलेबास नगरपालिकाको निती तथा कार्यक्रममा ‘ “कृषि, पर्यटन, पूर्वाधार र रोजगार ः सुन्दर फलेवास संबृद्धीको आधार” भन्ने नाराका साथ पर्यटन, कृषि, पुर्बाधार लगायतका क्षेत्रमा नमुना बनाउने उद्देश्य समेत राखिएको छ। शिक्षा, स्वास्थ्य, पुर्बाधार लगायतका क्षेत्रमा पनि नगरपालिकाले ठोस योजना बनाएको र भूउपयोग नितीका आधारमा अघि बढ्ने भएको छ । नगरभित्रका सबै सामुदायिक बिद्यालायमा अनिर्वाय अंग्रेजी र मन्टेश्वरी माध्यममा पढाउने, खुल्ला चिडीयाखाना बनाउने, नगरभित्रका सबै सडकलाई बाहै्रमास चल्ने गरि स्तरउन्नती गर्ने, कृषिका पकेट क्षेत्र बनाउने र त्यसका लागि आवश्यक पुर्बाधार तथा अनुदानको ब्यबस्था गर्ने पनि निती तथा कार्यक्रममा उल्लेख छ ।
नगरभित्रका सबै काठका पोल हटाउने र एक घर एक धारा निर्माण गर्ने योजना पनि निती तथा कार्यक्रममा ल्याइएको छ ।
नगरसभामा प्रमुख पदमपाणी शर्माद्वारा प्रस्तुत निती तथा कार्यक्रमको पुर्ण अंश
सर्वप्रथम म यस गरिमामय सभामा सदियौं देखि संघीय लोकतान्त्रीक गणतन्त्र स्थापना सम्मको अवधिमा आफ्नो जीवनको वलिदान गर्नुहुने संपूर्ण ज्ञात अज्ञात शहिदहरुलाई स्मरण गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । नेपाली आमाका थुप्रै सपुतहरुको संघर्ष र बलिदानबाट २००७ साल देखि आफ्ना प्रतिनिधीहरुबाट बनाएको विधानबाट शासन गर्ने उत्कट चाहना हाल आएर वर्तमान संविधान निर्माण पश्चात पुरा भएको छ ।
संविधानका निर्जिव अक्षरहरुले नागरिकका भावनाको प्रतिविम्वन त गर्छन् तर संवोधन गर्दैनन् । नागरिकको भावनाको संवोधनको लागि संविधानको भावनात्मक कार्यान्वयनको सोच, पहल, जागरुकता तथा सकारात्मकताको आवश्यकता पर्दछ । हामीले संविधानमा लिपिवद्ध गरेको स्थानीय स्वशासनको अवधारणाले नागरिकसंगै, नागरिकको मन, मस्तिष्क छुने तथा दुःख सुखमा नागरिकसंगै हुने स्थानीय सरकारको प्रत्याभूत गरेको छ । स्थानीय निर्वाचन मार्फत नागरिकले आफ्नो अभिमत जाहेर गरी जनप्रतिनिधीहरुको स्थानीय तहमा वहाली भै स्थानीय सरकार गठन भैसकेको छ । यस अवसरमा फलेवास नगरपालिकाको विकास र समृद्धिका लागि प्रथम नगर सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्न पाउँदा खुसीको अनुभूती गरेको छु ।
छरिएको वस्ती, भौगोलिक कठिनाइ, भौतिक पूर्वाधारहरुको न्यूूनता, व्याप्त गरिवी, नागरिकका असीम चाहना र आकांक्षा यस नगरपालिकाका चुुनौति भएतापनि संवेदनशील तथा विकासप्रेमी जनता, शिक्षा क्षेत्रमा अगाडी वढीरहेको समुुदाय, भौगोलिक तथा सांस्कृतिक विविधता, प्राकृतिक स्रोत र साधनको प्राचुर्यता यस क्षेत्रका समृद्धिका आधारहरु हुन्् । उपलब्ध स्रोत र साधनहरुको कुुशल र समूचित परिचालन गरी समृद्ध नगर निर्माण हुने विश्वास लिएको छुु ।
द्ध विकास सापेक्ष र वहुआयामिक पक्ष हो । विकास निरन्तर चलिरहने प्रक्रिया हो । उपलब्ध स्रोत साधनहरुको प्रभावकारी उपयोग मार्फत जनताका आवश्यकता एवं चाहनाहरुको प्राथमिकीकरण गरी उनीहरुकै सहभागितामा फलेवास नगरपलिकाको सर्वाङ्गीण विकास आजको आवश्यकता हो । आर्थिक, सामाजिक, राजनैतिक, सांस्कृतिक तथा शैक्षिक लगायत समग्र क्षेत्रको विकास गरी यसको प्रतिफलको समान एवं समन्यायीक वितरण मार्फत जनतालाई परिवर्तनको प्रत्यक्ष अनुुभूूती दिलाई “कृषि, पर्यटन, पूर्वाधार र रोजगार ः सुन्दर फलेवास संबृद्धीको आधार” भन्ने मूल नारालार्ई व्यवहारिक रुपमा कार्यान्वयनमा उतार्न प्रस्तुत नीति तथा कार्यक्रम सफल हुनेछ । अतः फलेबास नगरपालिकाको आगामी आर्थिक वर्ष २०७४÷७५ को वार्षिक नीति तथा कार्यक्रम यस प्रकार रहेको छ ।
आर्थिक विकास
यस नगरका कृषकहरुको जीवनस्तर अभिबृद्धि गर्न कृषि क्षेत्रको विकास एवम् आधुनिकीकरणका लागि कृषिमा विविधिकरण, व्यवसायिकरण एवं यान्त्रीकिकरणमा जोड दिइनेछ ।
नगरको भौगोलिक विशेषताका आधारमा सहकारीमा आधारित कृषि (तरकारी, फलफूल तथा नगदेवाली) पकेट क्षेत्र स्थापनामा जोड दिंदै वजारसंगको सहज पुहुंचको लागि यातायात सुविधा विस्तार गरिने छ । साथै आगामी आर्थिक वर्षमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मार्फत सञ्चालित कार्यक्रमहरुलाई निरन्तरता दिइनेछ ।
ठ – जग्गा बांझो राख्ने प्रबृत्तिलाई निरुत्साहीत गरी सिंचाई, मलखाद, वीउविजन लगायत पूंजी तथा प्रविधि उपलब्ध गराउदै प्रांगरिक खेती प्रणालीलाई प्रोत्साहन गरिनेछ ।
ड – व्यवसायिक पशुपालन र कुखुरापालनमा जोड दिदै आगामी ५ वर्ष भित्र यस नगरलाई दुग्धजन्य पदार्थ र मासुमा आत्म निर्भर वनाइनेछ । साथै स्वास्थ्यकर मासु विक्रिका लागि नगरका सवै वजार केन्द्रहरुमा तोकिएको मापदण्ड अनुुरुपका मासुु पसलहरु स्थापनामा जोड दिइनेछ ।
ढ स्थानीय स्रोतमा आधारित रोजगारमूलक र वातावरणमैत्री साना तथा घरेलु उद्योग स्थापनामा जोड दिइनेछ । साथै राष्ट्रिय एवं अन्तर्राष्ट्रिय विकास साझेदारहरुसंगको सहकार्यमा मझौला तथा ठूला उद्योग स्थापना गर्न जोड दिईने छ ।
ज्ञण् नगर भित्र स्थापना भई संचालनमा आएका सवै प्रकारका उद्योग एवं व्यवसायहरुलाई आगामी आर्थिक वर्षदेखि नियमन प्रक्रियामा ल्याइने छ ।
ज्ञज्ञ देशकै प्रमुख पर्यटकीय नगरी पोखरालाई गन्तब्य बनाई आउने स्वदेशी तथा विदेशी पर्यटकहरुको फलेवास नगरपालिकालाई थप गन्तब्यको रुपमा विकास गर्न खुल्ला चिडियाखाना, घरवास कार्यक्रम, जलयात्रा, प्याराग्लाईडिंग, केवुलकार निर्माण, भ्यूुटावर र पदमार्ग पहिचान एवं विकासका लागि गूुरुयोजना तयार गरी अल्पकालीन र दिर्घकालीन कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
– नगरक्षेत्रमा स्थापना भई क्रियाशिल विभिन्न सहकारी संस्थाहरुलाई नियमनको प्रक्रियामा ल्याउदै वित्तिय कारोवारमा संलग्न सहकारीको व्यवसायीकता विकासका लागि साझेदारी कार्यक्रम सञ्चालन गर्न प्रोत्साहन गरिने छ । साथै नगरका विभिन्न आर्थिक केन्द्रमा वैंक स्थापनार्थ आवश्यक समन्वय गरिनेछ ।
सामाजिक विकास
ज्ञघ नगर क्षेत्रभित्र संचालित आधारभूत तथा माध्यमिक शिक्षा, वाल शिक्षा, अनौपचारिक शिक्षालाई नियमन तथा व्यवस्थापन गर्न नगर शिक्षा समिति मार्फत नगरस्तरीय शिक्षा नीति तयगरी त्यसको प्रभावकारी कार्यान्वयनको व्यवस्था मिलाइने छ ।
ज्ञद्ध शैक्षिक शत्र २०७५ देखि नगर क्षेत्रका सम्पूर्ण सामुुदायिक विद्यालयहरुमा अंग्रेजी माध्यमवाट अध्यापन कार्यलाई अनिवार्य गरिने छ र सो को लागि शिक्षक तालिम, कक्षाकोठा व्यवस्थापन लगायतका कार्यक्रमहरु संचालन गरिनेछ । त्यसै गरी संस्कृत भाषाको उत्थान र प्रवद्र्दनका लागि यस नगर क्षेत्र भित्र एक वटा संस्कृत विद्यालय स्थापनाका लागि नगर शिक्षा समिति मार्फत आवश्यक पहल गरिनेछ । साथै संस्कृतभाषालाई ऐच्छिक विषयको रुपमा हरेक विद्यालयमा समावेश गर्न आवश्यक व्यवस्था गरिने छ ।
ज्ञछ प्रत्येक सामुदायिक विद्यालयका शिक्षकहरुलाई विद्यार्थीको सिकाइ उपलब्धी प्रति जिम्मेवार वनाइने छ । विद्यार्थी उपलब्धीका आधारमा शिक्षकहरुलाई दण्ड र पुरस्कारको व्यवस्था गरिनेछ ।
गुणस्तरीय उच्च शिक्षामा नागरिकको सरल र सहज पहुँचका लागि यस नगरपालिकामा संचालित पर्वत वहुमुखी क्याम्पसमा स्नातकोत्तर तह सञ्चालन गर्न आवश्यक पहल गरिनेछ भने अन्नपूर्ण सामुदायिक क्याम्पस र शंकरपोखरी वहुमुखि क्याम्पसमा आवश्यकताको अध्ययन गरी संकायगत विविधिकरण गरी सञ्चालन गर्न आवश्यक पहल गरिने छ ।
कृषकहरुलाई आवश्यक परेको अवस्थामा सहज रुपले कृषि प्राविधिक उपलब्ध गराउन सकियोस् भन्ने हेतुले माटेदेवल जनसहयोगी प्राविधिक तथा व्यवसायिक माध्यमिक विद्यालयमा सञ्चालित कृषि शिक्षाको सवलीकरणका लागि आवश्यक सहयोग गरिने छ । साथै नगर क्षेत्र भित्र अन्य विधाका प्राविधिक तथा व्यावसायिक शिक्षा संचालन गर्न नगर शिक्षा समिति मार्फत संभाव्यताको अध्ययन गरिनेछ ।
ज्ञड बिज्ञान शिक्षालाई थप गुुणस्तरीय र प्रभावकारी बनाउन भवानी विद्यापिठ माविमा सञ्चालित विज्ञान संकायको पठनपाठनका लागि शैक्षिक एंंव शैक्षणीक सामाग्रीहरुको व्यवस्थापन एवं उपलब्धतामा जोड दिइनेछ ।
ज्ञढ प्राविधिक विषयहरु अध्यापन गराउने विद्यालयहरुमा अनुभवी तथा योग्य शिक्षकको आपुर्ति, विकास तथा निरन्तरताका लागि जोड दिइने छ ।
द्दण् पूर्ण साक्षर फलेवास नगर घोषणा र दीगोपनाको लागि सवै वडा तथा टोलहरुमा निरन्तर शिक्षाका कार्यक्रमहरुलाई जोड दिइनेछ । साथैनगरमा संचालित सामुदायिक अध्ययन केन्द्रहरुलाई नियमन गर्दै थप प्रभावकारी रुपमा सञ्चालन गर्न जोड दिइनेछ ।
द्दज्ञ नगर क्षेत्रका सम्पूर्ण सामुदायिक विद्यालयहरु मध्येवाट कक्षा १२ मा सर्वोत्कृष्ट अंकल्याई उत्तीर्ण गर्ने एक÷एक जना दलित तथा विपन्न छात्रा÷छात्रलाई तोकिएको कार्यविधि अनुसार उच्च शिक्षाका लागि छात्रवृत्ती प्रदान गरिनेछ ।
द्दद्द औषत विद्यार्थी संख्या, वस्तीको अवस्था तथा अन्य विद्यालय सम्म पुुुुग्ने दुरीका आधारमा नक्साङ्कन गरी विद्यालयहरु एकीकरण गर्ने कार्यक्रम अगाडी वढाइनेछ ।
द्दघ संस्थागत विद्यालयहरुलाई नियमन प्रक्रियामा ल्याउन उनीहरुको सामाजिक उत्तरदायित्व किटान गरी नगर शिक्षा समितिवाट निरन्तर अनुुगमन कार्यमा जोड दिइनेछ ।
द्दद्ध नगरपालिको केन्द्रमा रहेको मोती पुस्तकालयलाई नगर क्षेत्रको अध्ययन केन्द्रको रुपमा विकास गर्दै विद्यालयमा रहेका पुस्तकालयको अधिकतम उपयोग गरी विद्यार्थी एवं शिक्षकहरुलाई निरन्तर अध्ययन गर्न अभिप्रेरित गरिनेछ ।
द्दछ नगरपालिकाको केन्द्रमा संचालनमा रहेको धुलीखेल अस्पताललाई स्तरवृद्धि तथा गुणस्तरीय सेवा संचालनकालागि काठमाण्डौं विश्वविद्यालय धुलीखेल अस्पतालसंग सहकार्य र समन्वय गरिने छ । साथै विभिन्न सरकारी तथा गैरसरकारी क्षेत्रको सहयोग, साझेदारी एवं समन्वयमा नगर क्षेत्रको अन्य स्थानमा कम्तिमा २५ शैयाको अस्पताल स्थापना गर्न जोड दिइनेछ ।
द्दट गुणस्तरीय आधारभूत स्वास्थ्यमा नागरिकको सरल र सहज पहँुच स्थापना गर्न सामुदायिक स्वास्थ्य कार्यक्रमलाई थप प्रभाकारी बनाई त्यसको निरन्तरता दिइनेछ ।
द्दठ प्रत्येक स्वास्थ्य चौकीहरुमा आधारभूत तथा गुणस्तरीय औषधीहरुको आपूर्तीमा जोड दिइनेछ । समुदाय तथा जनप्रतिनिधिहरुको संयुक्त सुपरीवेक्षणमा सामुदायिक क्लिनिकको स्थापना गरी गुणस्तरीय स्वास्थ्य सेवाको प्रवद्र्धन गरिनेछ ।
द्दड यस नगरपालिकालाई लागु औषधमुक्त नगर घोषणा गर्न आवश्यक मनोविमर्श, अभिभावक परामर्श तथा सामुदायिक शिक्षा संचालन गर्न आवश्यक समन्वय गरिने छ ।
द्दढ आयुुर्वेद स्वास्थ्य कार्यक्रमलाई दीगो एवं प्रभावकारी बनाउन विशेष जोड दिइने छ । उक्त कार्यका लागि नगर क्षेत्र भित्र एउटा जडीबुुटी नर्सरी स्थापना गरी जडीबुटी खेतीलाई प्रोत्साहन गरिनेछ । साथै जिल्ला आयुर्वेद औषधालयवाट गुणस्तरीय सेवा प्रवाहको लागि नियमित अनुुगमन र भौतिक पूर्वाधार विकासमा उच्च प्राथमिकता दिइनेछ ।
घण् नगर क्षेत्रभित्र खानेपानीको सहज उपलब्धताको लागि एक घर एक धारा कार्यक्रम आगामी ५ वर्षभित्र पुरा गरिनेछ र यसका लागि नगरक्षेत्र भित्र रहेका खानेपानीका स्रोतहरु (मुहानहरु) लाई संरक्षणका लागि आवश्यक कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
घज्ञ यस नगरपालिकालाई आगामी आर्थिक वर्ष भित्र पूर्ण सरसफाईयुक्त नगरपालिका वनाउन आवश्यक कार्यक्रम सञ्चालन गरिनेछ ।
घद्द विभिन्न संघसंस्थाहरुको सहकार्य एवं साझेदारीमा सार्वजनिक शौचालय निर्माण एवम् सञ्चालन गरिनेछ ।
घघ घर घरमा दैनिक रुपमा उत्पादन हुने फोहोरलाई कुुहिने र नकुुहिनेमा वर्गीकरण गरी कुहिने फोहरवाट कम्पोष्ट मल उत्पादन र नकुहिने फोहरको व्यवस्थापन गर्न सचेतना कार्यक्रमहरु सञ्चालन गरिनेछ । दीर्घकालीन रुपमा फोहोरमैला व्यवस्थापनका लागि विसर्जनका केन्द्र ९ीबलम ाष्िि कष्तभ० निर्माण गर्ने स्थानको पहिचान गरी आवश्यक जग्गाको संरक्षण गरिनेछ ।
घद्ध विभिन्न जातजातिको भाषा, धर्म, कला, संस्कृति, रीति, परम्परा र चाडपर्वको संरक्षण, प्रवद्र्धन र विकासमा विशेष जोड दिई आवश्यक कार्यक्रम सञ्चालन गरिनेछ ।
घछ नगर क्षेत्र भित्र रहेका प्राचिन मठमन्दिर, गुम्वा, मस्जीद, देवालय, शिवालय, गुठी, पाटीपौवाहरुको संरक्षण र प्रवद्र्धन गरिनेछ ।
घट नगर क्षेत्रमा खेलकुुद क्षेत्रको विकास गर्न नगर स्तरीय खेलकुुद विकास समिति गठन गरिनेछ । साथै आगामी २ वर्षभित्र एउटा नगर स्तरीय खेलकुद मैदान र ५ वर्षभित्र प्रत्येक वडामा एक एक वटा खेलकुद मैदान निर्माण, नगर स्तरीय सभागृह समेत निर्माण गरिनेछ ।
घठ युवा क्लव तथा खेलाडीहरुको प्रोत्साहनको लागि खेलकुद सम्वन्धी प्रशिक्षण, खेलकुुद सामाग्री वितरण एवं राष्ट्रिय तथा अन्र्तराष्ट्रिय प्र्रतियोगिताहरुमा पदक प्राप्त गर्ने खेलाडीहरुलाई पुुरस्कृत गरिनेछ भने प्रत्येक वर्ष खेलकुदका महत्वपूर्ण विधामा नगर कप खेलकुुद प्रतियोगिता सञ्चालन गरिनेछ ।
घड विकास निर्माण लगायत सवै क्रियाकलापहरुमा महिलाहरुको सार्थक र अर्थपूर्ण सहभागिताका लागि लैङ्गीक संवेदनशील नीति लिइनेछ । साथै महिला सशक्तिकरण तथा मूलप्रवाहीकरण सम्बन्धी कार्यक्रमहरु नगरभरी अभियानका रुपमा संचालन गरिनेछ ।
घढ सवै प्रकारका लक्षित वर्गका नागरिकहरुलाई प्रत्यक्ष लाभ पुुग्ने कार्यक्रमहरु सञ्चालन गरी आत्मनिर्भर गराउन विशेष जोड दिइनेछ ।
द्धण् वालमैत्री स्थानीय शासनको अवधारणा अनुसार विकासका हरेक चरणमा वालवालिकाको सहभागिता सुनिश्चित गरिने छ ।
द्धज्ञ युवा तथा किशोर किशोरीका लागि उनीहरुकै मागमा आधारित क्षमता विकासका कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
द्धद्द जेष्ठ नागरिक, एकल महिला, दलित तथा अल्पसंख्यकहरुको तथ्यांक संकलन गरी उनीहरुको संरक्षण र विकासका योजना निर्माण गरी कार्यक्रम संचालन गरिने छ । साथै जेष्ठ नागरिकहरुकोे विशेष ज्ञान, सीप तथा धारणाहरु संरक्षण एवं पुस्तान्तरणका लागि विशेष कार्यक्रमहरु संचालन गरिनेछ ।
द्धघ जोखिममा रहेका जेष्ठ नागरिकको सम्मान, संरक्षण र सेवाकालागि सरकारी तथा गैरसरकारी संघसंस्थाको साझेदारीमा नगर क्षेत्रमा जेष्ठ नागरिक सेवा केन्द्र स्थापनामा जोड दिईने छ ।
द्धद्ध समाजमा पछाडी परेका÷पारिएका महिला, दलित, आदिवासी जनजाती, पिछडावर्ग, मुस्लिम, यौनिक अल्पसंख्यक र अपाङ्गता भएका व्यक्ति तथा समुदायको सशक्तीकरणका लागि प्राथमिकताका साथ आवश्यक कार्यक्रमहरु संचालन गरिनेछ ।
द्धछ नगरमा गरिने सार्वजनिक निर्माण कार्यलाइ अपाङ्गमैत्री, वालमैत्री तथा जेष्ठ नागरिकमैत्री बनाइनेछ ।
द्धट सामाजिक सुरक्षा भत्ता वितरण कार्यलाई शुलभ बनाउन आवश्यक व्यवस्था गरिनेछ ।
पूर्वाधार विकास
द्धठ नगरभित्रको सडक यातायात क्षेत्रलाई व्यवस्थित बनाउन आगामी आर्थिक वर्ष ०७४।७५ मा नगर यातायात गुरुयोजना (ःत्ःए) तयार गरी प्रमुख सडकहरुलाई प्राथमिकताका आधारमा वाहै महिना सवारी साधन सञ्चालन हुने गरी स्तरोन्नती गरिने छ । नगरपालिकाको केन्द्र र वडा सेवा केन्दहरु (वडा कार्यालय) लाई सडक सञ्जालमा आवद्ध गरी नीजि क्षेत्रको समन्वयमा सार्वजनिक सवारी साधन नियमित रुपमा सञ्चालन गरिनेछ ।
द्धड नगरका ११ वटै वडाहरुलाई एक आपसमा जोड्ने गरी चक्रपथ निर्माण कार्यलाई उच्च प्राथमिकता दिइनेछ ।
द्धढ नगरवासीको जनजीविकालाई सहज गराउने गरी निर्माण गरिने सडकहरुलाई आयआर्जनका सम्भावना खोजी गर्दै वातावरण मैत्री हरित सडकको रुपमा विकास गरिनेछ ।
छण् फलेवास नगरपालिकालाई प्रदेश नं ४ को मुख्य शहरसंग प्रत्यक्ष जोड्ने सडक (फलेवास–कार्कीनेटा–पोखरा) निर्माणलाई प्राथमिकता दिइनेछ ।
छज्ञ कृषि उत्पादकत्वमा बृद्धि गर्न वाहै्र महिना सिंचाइ सुविधा उपलब्ध गराउने गरी नगरभित्र भैरहेका सिंचाई कुलो, लिफ्ट सिंचाई, थोपा सिंचाई, प्लाष्टिक पोखरी निर्माण जस्ता नयाँ प्रविधिमा आधारित सिंचाई योजनाको निर्माण तथा मर्मत सम्भारलाई उच्च प्राथमिकता दिइनेछ ।
छद्द यस नगरपालिकाको भूउपयोग योजना निर्माण गरी कार्यान्वयनमा ल्याइनेछ । साथै नगरको केन्द्र रहने स्थानमा व्यवस्थित एवं योजनावद्ध शहर निर्माणका लागि एकिकृत जग्गा विकास कार्यक्रमलार्ई अगाडी बढाइनेछ । नगर क्षेत्र भित्र रहेका वास्तविक सुकुम्वासीको पहिचान गरी आवश्यक वसोवास सम्वन्धी कार्यक्रम संचालन गरिने छ ।
छघ नगरमा व्यवस्थित घरहरुको निर्माणका लागि राष्ट्रिय भवन संहिता, २०७२ आगामी आर्थिक वर्षबाट लागु गरिनेछ ।
छद्ध राज्यद्धारा प्रदान गरिने भूकम्पवाट पीडितको निजी आवास निर्माण कार्यको अनुुदानवाट भवन निर्माण कार्य सम्पन्न गर्न आवश्यक सहयोग र समन्वय गर्दै छुट भएका पीडितहरुको लागि गुनासो व्यवस्थापन प्रक्रियावाट संवोधन गरिनेछ । साथै भुकम्पवाट क्षतिग्रस्त भौतिक संरचनाहरुको पूनर्निर्माणलाई विशेष प्राथमिकता दिइनेछ ।
छछ नागरिक सेवा प्रवाहमा चुस्तताको लागि आगामी ५ वर्षभित्र सवै वडा कार्यालयहरुको भवन निर्माण सम्पन्न गरी भौतिक सुदृढीकरण गरिनेछ ।
छट नगरका सम्पूर्ण नागरिकको लागत साझेदारीमा कालीगण्डकी र मोदी नदीमा जलविधुुत उत्पादनका लागि निजी क्षेत्रको सहकार्यमा आवश्यक सम्भाब्यता अध्ययनको लागि समन्वय गरिनेछ ।
छठ नगरका सवै वडाहरुमा रहेका काठका विद्युुत पोलहरु आगामी २ वर्ष भित्र फलामे पोलद्धारा विस्थापन गरिनेछ ।
छड नगरका मुख्य वजार केन्द्र रहेका स्थानहरुमा लागत साझेदारीमा सौर्य सडक वत्ती जडान गरिनेछ ।
छढ नगरका विभिन्न स्थानहरुमा टेलीफोन टावर निर्माण गराई नगरकोे सम्पूर्ण क्षेत्रमा मोवाइल सेवाको पहुंच विस्तार गरिनेछ । नेपाल टेलीकमको सहयोग र समन्वयमा आगामी वर्ष भित्र नगरपालिकाको केन्द्रमा तार सहितको टेलीफोन सेवा बिस्तारका लागि आवश्यक पहल गरिनेछ ।
टण् निजी क्षेत्रसंगको सहकार्यमा स्थानीय सामुदायिक रेडियोको स्तरोन्नती गराई नगरवासीको लोकप्रिय सञ्चार माध्यमको रुपमा विकास गरिनेछ । साथै नगरपालिका भित्र कम्तिमा एउटा दैनिक पत्रिका प्रकाशन गर्न प्रोत्साहन गरिनेछ ।
वातावरण तथा विपद् व्यवस्थापन
टज्ञ नगरका बिभिन्न स्थानमा रहेका सार्वजनिक बांझो जग्गाहरु मध्ये ग्रामीण क्षेत्रमा फलफूल, डालेघाँस, रुद्राक्ष जातका विरुवाहरु, वजार क्षेत्रमा सौन्दर्यता प्रदान विरुवाहरु रोपी हरियाली नगर बनाइनेछ । साथै आगामी आर्थिक वर्ष नगरका ४, ५, ६ वडाहरुका नागरिकको निजी साझेदारीमा प्रतिघर पाँच पाँच वटा उन्नत जातका आँपका विरुवाहरु (एकघर ५ आंपका वोट) रोप्ने व्यवस्था मिलाइनेछ ।
टद्द मुख्य सडक र शाखा सडकको किनारमा बृक्षारोपण गरी हरित सडक विकास गरिनेछ ।
टघ नगरको केन्द्रमा आगामी आर्थिक वर्षमा मनमोहन शान्ति वाटीका, आगामी ५ वर्ष भित्रमा एक वडा एक शान्ति वाटीका र नमूनाको रुपमा एक वडा एक चौतारी (वर, पिपल, स्वामी सहितको) निर्माण÷संरक्षण गरिनेछ ।
टद्ध नगरपालिका भित्र रहेका जलाधार क्षेत्रको संरक्षण सम्वन्धी कार्यक्रम संचालन गरिनेछ । साथै आगामी ५ वर्षभित्र सवै वडाहरुमा कम्तिमा एक एक वटा पोखरी निर्माण गरिनेछ ।
टछ वातावरणमैत्री स्थानीय शासन संचालनको रणनैतिक योजना निर्माण गरी कार्यान्वयनमा ल्याइने छ ।
टट नदी तथा खोलाजन्य प्रकोप नियन्त्रणका लागि अध्ययन गरी कालिगण्डकी, मोदी, लमाय, मल्याङ्दी, चिर्दि, लुवाखोला लगायतका नदी तथा खोला किनारहरुमा कटान रोक्न आवश्यक तटवन्धन तथा वस्ती संरक्षणका कार्यक्रमहरु संचालन गरिनेछ ।
टठ लागत साझेदारीमा नगर स्तरीय जलवायु अुनुकुलन योजना तयार गरी आवश्यक कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
टड नगरपालिकामा नगरस्तरीय विपद् व्यवस्थापन कोष स्थापना गरी राहत, उद्धार र पुनस्थापना कार्यलाई व्यवस्थित गराइनेछ । साथै नगरपालिका स्तरीय विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना तयार गरी कार्यान्वयनमा ल्याइनेछ ।
टढ वाह्य वातावरणमा रहेका प्लाष्टिक संकलनवाट आयआर्जन कार्यको लागि विभिन्न कार्यक्रम संचालन गरिनेछ ।
ठण् आगामी आर्थिक वर्ष भित्रै वारुण यन्त्र खरिद गरी सञ्चालन गर्न आर्थिक स्रोतको कारण कठिनाइ हुने देखिएकोले तत्कालका लागि अग्नि नियन्त्रण सामाग्री ९एयचतबदभि ँष्चभ ँष्नजतष्लन भ्त्रगष्ऊभलत० खरिद गरी अग्नी नियन्त्रण सम्वन्धी कार्य गरिनेछ ।
संस्थागत विकास, सेवा प्रवाह र सुशासन
ठज्ञ त्रिभूवन विश्वविद्यालयसंगको साझेदारी र सहकार्यमा यस नगरपालिकाको समग्र क्षेत्रको एकिकृत विकासका लागि आगामी आर्थिक वर्ष भित्र दीर्घकालीन गुरुयोजना तयार गरी कार्यान्वयनमा ल्याइनेछ ।
ठद्द नगरपालिकाको संगठन संरचना चुस्त, दुरुस्त र छरितो बनाई नगरवासीले मितव्ययी, सर्वसुुलभ र गुणस्तरीय सेवा प्राप्त गर्ने अधिकारलाई सुनिश्चित गर्न आगामी आ.व.मा नगर कार्यपालिकाको संगठन र व्यवस्थापन सर्वेक्षण गरी कार्य अगाडी वढाईने छ ।
ठघ नगरक्षेत्रको विकासको लागि विकास साझेदार मैत्री वातावरण सिर्जना गरिनेछ ।
ठद्ध ठूला विकास आयोजनाहरुमा निजी क्षेत्रको लगानीलाई आकर्षण गरिने छ । यसको लागि संघीय तथा प्रादेशिक कानून विपरित नहुने गरी स्थानीय कानून तथा संरचनाको निर्माण गरिनेछ ।
ठछ गैरसरकारी संस्था परिचालनमा एकद्वार नीति लिइनेछ । नगर क्षेत्र भित्र क्रियाशिल गैरसरकारी संघसंस्थाहरुको बस्तुुगत विवरण तयार गरी प्रत्येक वर्ष अध्यावधिक गरिनेछ । गैरसरकारी संस्थाहरुको विज्ञता, अनुभव, उपलब्ध स्रोत, समुदाय परिचालनको अवस्था, विगतको कार्यसंपादन स्तरको मूल्यांकन गर्दै गरिवी निवारण, लैङ्गिक समावेशीकरण लगायत सामाजिक परिचालनका क्षेत्रमा प्राथमिकताका आधारमा परिचालन गरिनेछ ।
ठट सूचनाको हक सम्वन्धी ऐन, २०६४ को प्रावधान अनुुरुप नगरपालिका सभा तथा कार्यपालिकाका निर्णयहरु २४ घण्टाभित्रै सार्वजनिक गर्ने परिपाटीको विकास गरिनेछ ।
ठठ नगरपालिकाको पाश्र्वचित्र तयार गरी आगामी वर्ष भित्रै प्रकाशन गरिनेछ ।
ठड नगर क्षेत्र भित्रको सार्वजनिक जग्गा, बनजंगल, मठ मन्दिर, पाटीपौवा, गुम्वा, मस्जिदहरुको पहिचान गरी अभिलेख तयार गरिनेछ ।
ठढ नगरवासीको सुरक्षा व्यवस्था प्रभावकारी बनाउन नेपाल सरकार, गृह मन्त्रालयको सहयोगमा नगरका प्रत्येक वडामा सुरक्षा चौकी र नगरको केन्द्रमा शसस्त्र प्रहरी वलको इकाई स्थापना गर्न पहल गरिनेछ ।
डण् नगरकार्यपालिका र वडा कार्यालयहरुवाट विद्युतीय सञ्जाल मार्फत सेवा प्रवाहको लागि आवश्यक पूर्वाधार निर्माण गरी कार्य सञ्चालन गरिनेछ ।
डज्ञ नगरकार्यपालिकाको सम्पूर्ण कार्यहरु अनलाइन प्रणाली मार्फत सञ्चालन गर्न आवश्यक व्यवस्था मिलाइनेछ ।
डद्द व्यक्तिगत घटना दर्ता कार्यलाई आगामी आर्थिक वर्ष देखिनै विद्युतिय अभिलेख राख्ने कार्यको शुरुवात गरिनेछ ।
डघ नगरपालिकाको सेवाप्रवाहलाई जनमुखि, पारदर्शी, जवाफदेही, जनउत्तरदायी कानूनी शासनका आधारभूत सिद्धान्त अनुसार संचालन गरिने छ साथै नगरपालिकाद्वारा सम्पदान गरिने प्रत्येक क्रियाकलापलाई नागरिक प्रति उत्तरदायी हुने पद्धति तथा संयन्त्रको विकास गरिने छ ।
डद्ध भ्रष्टाचारजन्य क्रियाकलाप प्रति शुन्य सहनशिलताको अवधारणा मार्फत सुशासनको प्रत्याभूती प्रदान गरिनेछ ।
डछ नगरपालिकाको विकास एवं समृद्धिका लागि करको दायरा फराकिलो बनाउदै प्रगतिशिल कर प्रणाली अवलम्बन गरिनेछ । साथै कर चुहावटलाई निरुत्साहीत गर्दै नागरिक तथा अन्य करदाताहरुलाई कर तिर्न उत्प्रेरित गरिनेछ ।
डट अन्त्यमा नवघोषित नगरपालिकाको प्रस्तुत नीति तथा कार्यक्रम कार्यान्वयन गरी “कृषि, पर्यटन, पूर्वाधार र रोजगार ः सुन्दर फलेवास संबृद्धीको आधार” निर्माण गर्न सम्पूर्ण नगरवासी आमा बुवा, दिदी बहिनी तथा दाजुुुुुुुुुुभाइ लगायत सम्पूर्ण सरोकारवालाहरुमा हार्दिक अनुरोध गर्दछु ।




