Print

नारायण पौडेल मृत्यु प्रकरण : कुश्मामा शव सहितको प्रदर्शन जारी, प्रर्दशनमा झडप, ४ घाइते (तस्विर सहित)

२५ असार, पर्वत । कुश्मा नगरपालिका वडा न १ पाङ घर भएका नारायण पौडेलको मृत्यूपछि आक्रोशित स्थानीयवासी र प्रहरीका बीच झडप भएको छ । झडपमा परि ४ जना प्रहरी र २ जना प्रदर्शनकारी घाईते भएका छन् ।

घाईते हुनेहरुमा जिल्ला प्रहरी कार्यालय पर्वतमा कार्यरत प्रहरी जवान दिवान शाही सहित पुर्ब म्यादी प्रहरी कुश्मा नगरपालिका ७ निवासी अंकित नेपाली, कुनपा १२ निवासी डम्बर बहादुर कुँवर र कुनपा ५ बस्ने लाल बहादुर पुन समेत प्रदर्शनकारीको ढुंगा प्रहारबाट घाईते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक शेखर खनालले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय पर्वत अगाडी शव राखेर राजमार्ग अवरुद्ध गरेपछि प्रहरीले खुलाउने क्रममा झडप भएको प्रहरीले जनाएको छ । ढुंगा प्रहारमा संलग्न रहेको आरोपमा प्रहरीले कुश्मानगरपालिका पाङ १ का होमनाथ रिजाललाई नियन्त्रणमा लिएको छ भने घाईतेहरुको पर्वत जिल्ला अस्पतालमा उपचार भईरहेकोे छ ।

अहिले पनि पौडेलका आफन्तहरुले शव सहित जिल्ला प्रशासन कार्यालय पर्वत अगाडि प्रदर्शन गरीरहेका छन । उनीहरुले दोषीलाई कारबाही गर्ने ठोस प्रतिबद्धता नआएसम्म आफूहरुले प्रदर्शन जारी राख्ने बताएका छन ।