२५ असार, पर्वत । अबिरल बर्षासंगै आएको खोलाले मोटरसाईकल सहित बगाउँदा पर्वतमा एक जना गम्भीर घाईते भएका छन । कुश्मा बजारबाट बागलुङ जाँदै गर्दा अर्मादी खोलाले बगाउँदा पर्वतकै कुश्मा नगरपालिका वडा नं. ३ दुर्लुङ घर भएका २६ बर्षिय प्रकाश पौडेल घाईते बनेका हुन ।
कल्भर्टमाथि उर्लेर आएको भेलमा मोटरसाईकल कटाउने प्रयास गरेको अवस्थामा खोलाले लु ७ प ५३११ नम्बरको बाईकसहित उनलाई पल्टाएको थियो ।
बाईक पल्टिएसंगै बाईकबाट हाम फाल्ने क्रममा उनी पानीको गहिरो खाडलमा परेको र दायाँ कोखामा गम्भीर चोट लागेपछि उनलाई जिल्ला अस्पताल पर्वतमा ल्याईएको थियो ।
तर, उनको उपचार पर्वतमा सम्भव नहुने भएपछि तत्काल नै मणिपाल शिक्षण अस्पताल पोखरा रफिर गरिएको जिल्ला अस्पताल पर्वतका प्रहरी जवान पूर्णबहादुर भण्डारीले जानकारी दिए ।- संजय रेग्मी





