Print

नारायण पौडेलको शव काठमाण्डौंबाट कुश्मा ल्याइयो, कुश्माबजार परिक्रमा सहित आज अत्यष्टि गरिदै

२५ असार, पर्वत । कुश्मा नगरपालिका वडा न १ पाङ घर भएका नारायण पौडेलको शव कुश्मा ल्याइएको छ । कालीगण्डकी नदीमा भेटिएको शवलाई बागलुङ जिल्ला अस्पताल हुदै पोष्टमार्टमका लागि काठमाण्डौं स्थित शिक्षण अस्पतालमा लगिएको थियो ।

शवको पोस्टमार्टम र डिएनए परिक्षण पछि पौडेलको शव परिवारले बुझेका हुन । शनिवार मात्रै शव बुझेका परिवारले पौडेलको अत्यष्टि आइतबार गर्ने तयारी गरेका हुन । परिवार श्रोतका अनुसार उनको शव अहिले कुश्मा स्थित जिल्ला प्रहरी कार्यालय अगाडि राखिएको छ ।

परिवार र आफन्तले उनको शवलाई कुश्मा बजार परिक्रम पछि कुनपा १ सहस्रधारा स्थित कालीगण्डकी घाटमा अत्यष्टि गरिने बताइएको छ । उनको मृत्यु रहस्ययम भएको भन्दै परिवारले हत्याका आशंकामा पौडेलले शिक्षण गर्दै आएका विद्यालयका अभिभावक र प्रिन्सिपल बिरुद्ध यस अघि नै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन ।

उजुरीका आधारमा प्रहरीले ३ जनालाई नियन्त्रणमा लिएको अनुसन्धान गरीरहको छ । परिवारले सत्य तथ्य बाहिर ल्याउन र दोषिलाई कारबाही गर्न माग गर्दै दबाब सहित पौडेलको शव लिएर बजार परिक्रममा गर्न लागेको बुझिएको छ । पौडेल कुश्मा नगरपालिका वडा न ९ स्थित आइबल एकेडमीमा अध्यापनरत थिए ।