२२ असार, पर्वत । जिल्ला समबन्य समितिबाट संञ्चालित योजनाहरुमध्ये संसद निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम अन्तर्गतका योजनाहरुमा उपभोक्ता समितिले गुणस्तरीय काम गरेको पाईएको छ । जिल्ला समन्वय समितिले अहिले यो आर्थिक वर्षभित्र मर्मत भएका सडक, सिचाइ तथा अन्य योजनाहरुको प्रगतिको वारेमा स्थलगत अनुगमन क्रममा यस्तो पाईएको हो ।
जिल्लाको दक्षिणी क्षेत्रका ३ गाउँपालिका पैयु, महाशिला र बिहादी गाउँपालिकामा बिभिन्न शिर्षकमा झण्डै २ करोड रकम बिनियोजन गरिएको थियो । खानेपानी, सिचाई, विद्युत विस्तार, सडक, भबन निमार्ण लगायत सो क्षेत्रमा सञ्चालित रहेका योजनाहरु मध्ये धेरै जसो योजनाहरुको काम सम्पन्न हुने चरणमा रहेका छन् ।
निर्वाचन क्षेत्र पूर्वाधारको वजेटले त्यहाका धेरै जसो सडक अहिले सुधारोन्मुख देखिएका छन् । बाच्छा भोक्सिङ्ग, होश्राङ्गदी, सरौखोला अन्र्तगत निर्वाचन पूर्वाधार बिषेश कार्यक्रमको ४० लाख वजेट विनियोजन भएकोमा उक्त वजेट अन्तर्गत विग्रिएको वाटोमा नाली वनाउने, सोलिङ गर्ने, जाली भर्ने जस्ता काम भैरहेको अनुगमनको क्रममा पाईएको छ ।
पाडेगाउँ (पैदलमार्ग) भन्ज्याङ्ग चिलाउनेखर्क बहाकि स्बास्थचौकि चौरासि फाट नयाँपोखरी आपलाय कालिगण्डकी सडकको स्तरउन्ततीको लागि बिनियोजित भएको ११ लाख रुपैया गेप्ताङ्ग चिउरीखाल्टा शिवपुरी बेउलीबास सालघारी खोरपोखराको सडकको पनि ११ लाख र भुर्तेलथोक पियाखेत उपल्लो थोक मर्दिखोला सौरीकोट समीबोट टिकरीक सडकमा बिनियोजित १० लाख रकम सडकको स्तरउन्नती र सडक मर्मतमा खर्च भएको पाईएको हो ।
त्यस्तै पुर्बाधार बिषेश कार्यक्रमकै शिक्षा र सिचाई तर्फ रहेका योजनाहरुको पनि अधिकांश योजनाहरुको काम सम्पन्न भईसकेको छ । निर्बाचन क्षेत्र पुर्बाधार बिषेस कार्यक्रम बाहेक अन्य शान्तिको लागि बिकास कार्यक्रम, स्रोत सुनिशिचतता तथा जिल्ला समन्वय समितिले वजेट विनियोजन भएर वनेका अन्य योजनाहरुको काम पनि सन्तोष जनक रहेको पाईएको हो । सो क्षेत्रमा सञ्चालित अधिकांस योजनाहरु मध्ये एका दुई बाहेक अन्य योजनाहरुको काम धमाधम भएको पाईएको छ । असार सकिन मात्रै १० दिन बाँकी रहदाँ ।
गाँउमा धमाधम काम सक्न सबै विकासे अड्डालाई हतारो थियो । धेरै उपभोक्ताहरु आफै काम गरिरहेका थिए त केहि उपभोक्ता समितिले डोजर लगाएर छिटोछिटो सडक खनिरहेको देख्न सकिन्थ्योे । योजनाहरुको काम भएको जुन गाँउमा गयोे त्यतै उपभोक्ताहरुलाई काम भ्याईनभ्याई थियो । धेरै उपभोक्ताहरु काममै ब्यस्त देखिन्थ्थे ।
बजेट सक्न ठेकेदारदेखी उपभोक्ता समितिसम्म भ्याईनभ्याई छ । अनुगमनको क्रममा असारे बिकासले गर्दा गाँउमा रोपाईमा समेत कामदार पाउन गाह्रो हुने गरेको पाईयो । – सुबास लामिछाने




