Print

पर्वते कलाकारहरुले पर्वत कलाकार समाज काठमाण्डौंमा गठन गर्दै

२२ असार, पर्वत । जिल्लामा जन्मथलो भएका कलाकारहरुले पर्वत कलाकार समाज गठन गर्ने भएका छन । नेपाली गीत, संगीत एवम् कला साहित्यलाई कर्म क्षेत्र बनाई सक्रिय रहका कलाकारहरुले पर्वत कलाकार समाज गठन गर्न लागेका हुन । समाजले कला संस्कृतिकर्मीहरुलाई भावानात्मक एवम् सांगठनीक रुपमा एकताबद्ध गर्ने उद्देश्य राखेको छ ।

पर्वत जिल्लामा जन्मथलो भएका लोक कलाकारहरुको काठमाण्डौंमा भएको एक भेलाले तदर्थ समिति गठनको निर्णय गरेको लोक दोहोरी गायक याम क्षेत्रीले पर्वत न्यूजलाई जानकारी दिए । क्षेत्रीका अनुसार उक्त समाजमा गायक, गायीका, सर्जक, साहित्यकार, संस्कृतिकर्मी, रंगकर्मी एवम् कलाका विविध क्षेत्रमा सक्रिय रहेका ब्यक्तिहरुको सहभागीता रहनेछ ।

आगामी आइतबार काठमाण्डौंमा आयोजना हुने एक वृहत भेलाले समाजको औपचारिक गठन हुने क्षेत्रीले जानकारी दिए । समाजमा आवद्ध हुनका लागि सवै कलाकारहरुलाई आब्हान गरिएको छ ।

धौलागिरी क्षेत्रको पर्वत जिल्ला कलाकारीताको क्षेत्रमा निकै अगाडि छ । जिल्लामा रहेका कलाकारहरुले कलाकारिताको क्षेत्रबाट जिल्लालाई देश र विदेशमा चिनाउन सफल समेत भएका छन ।