Print

कुश्माको दोविल्लामा जीप दुर्घटना, ५ जना घाइते

२० जेठ, पर्वत । कुश्मा नगरपालिका ११ सिल्मीबाट सदरमुकाम कुश्मा तर्फ आउँदै गरेको ध १ ज ३३३ नम्बरको जीप दोविल्लामा दुर्घटना हुँदा ५ जना यात्रु घाइते भएका छन ।

दुर्घटनामा नगरपालिका वडा नं ७ का २७ बर्षिय हरि शर्मा कँडेल, सोही ठाउँका ३५ बर्षिय कृष्ण शर्मा, कुस्मा ११ का ४९ बर्षिय भिमप्रसाद शर्मा, मोदी गाउँपालिका – ७ का ५५ बर्षिय ख्यामलाल पौडेल, र फलेबास नगरपालिकाका अमृत रिजाल घाइते भएका छन । घाइतेहरुको जिल्ला अस्पतालमा उपचार पछि थप उपचारका लागि पोखरा लगिएको छ ।

घाइतेको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ओरालोबाटोमा ब्रेक फेल भएपछि जीप दोविल्ला स्थित पुलमा ठोकिएको थियो । ब्रेक फेल भएर गाडी नियन्त्रणमा नआएपछि चालकले थप क्षति हुनबाट जोगाउन पुलमा ठोक्काएको प्रत्यक्षदर्शीले बताए ।

अनियन्त्रीत जीपले स्थानीय ब्यक्तिहरु समेत ठक्कर दिएको थियो । जीपमा ४ जना सवार रहेको र अन्यलाई भने अनियन्त्रीत जीपले ठक्कर दिएको स्थानीयबासीले जानकारी दिए ।