Print

भुकम्प पिडितमाथि यस्तो खेलवाड, बैंकमा रकम थन्क्याएर भुकम्पपिडितलाई तड्पाउँदै

पर्वत, २० जेठ ।  स्थानिय तहको चुनावले पर्वतमा भुकम्प पछिको पुर्ननिर्माण कार्य ओझेलमा परेको  छ ।
चुनावको प्रभाव र जिल्ला समन्वय समिति पर्वतको लापरवाहिका कारण अहिलेसम्म पनि निजि आवास अनुदान रकम वितरण हुन नसकेको हो । पर्वतमा कुल पुर्ण क्षति भएका लाभग्राहीको संख्या ५ हजार ३ सय ६९ रहेको छ । जस मध्ये हालसम्म २ हजार २० जनासँग मात्र अनुदान सम्झौता भएको भएपपनि रकम भने वितरण नगरिएको जिल्ला समन्वय समितिले जनाएको छ ।

सम्झौता गरिएका मध्ये ५ सय ३ जना लाभग्राहिलाई भुक्रानीका लागि सिफारीस समेत गरिएको छ । जिल्ला समन्वय समितिले समयमै निकासा नदिँदा उनिहरु रकम पाउनबाट ब१िचत बनेका हुन् ।

पुर्ननिर्माणका लागि पहिलो किस्तावापत आवश्यक पर्ने २६ करोड रकम मध्ये जिल्ला विकास समितिमा १८ करोड रुपैया केहि महिना अघिनै निकासा आएको थियो । तर पनि अहिलेसम्म वितरण हुन भने नसकेको जिल्ला विकास समितिका सूचना अधिकृत तुलसीराम शर्माले जानकारी दिए । उनका अनुसार पहिलो किस्ता वापतको भुक्तानीका लागि प्रकृया शुरु भएको छ । र लेखाले भुक्तानी दिने तयारी गरेको पनि बताइएको छ ।

भुकम्पबाट जलजला गाउँपालिकामा १ सय ८७ घर पुर्ण क्षति भएकोमा हालस्म्म ९२ जनासँग अनुदान सम्झौता भएको छ । त्यसैगरी कुश्मा नगरपालिकामा ९ सय ४३ घर मध्ये २० जनासँग मात्रै सम्झौता भएको छ । मोदी गाउँपालिकामा ५ सय ३ घर पुर्ण क्षति भएकोमा २ सय ६० घरपरिवारसँग सम्झौता भएको छ । फलेवास नगरपालिकामा १ हजार ४ सय ५६ घर पुर्ण क्षति भएकोमा ३ सय ५६ सँग सम्झौता भएको छ ।

त्यसैगरी विहादी गाउँपालिकामा १ हजार १ सय ३७ घर क्षति भएकोमा ७ सय ६ जनासँग मात्र सम्झौता भएको छ । उता महाशिला गाउँपालिकामा ६ सय ५७ घर पुर्ण क्षति भएका थिए । त्यसमध्ये हालसम्म ३ सय ४६ घरधनीसँग अनुदान सम्झौता भएको छ भने पैंयु गाउँपालिकामा ६ सय ५७ घर पुर्ण क्षतिमा मुल्यांकन भएकोमा ३ सय ४६ जनासँग सम्झौता भएको सूचना अधिकृत तुलसीराम शर्माले जानकारी दिए । अहिलेसम्म मोदी गाउँपालिका का ३ सय ३२ घरपरिवार र विहादी गाउँपालिकाका १ सय ७१ जनालाई मात्र भुक्तानीकमा लागि सम्झौता गरिएको जिल्ला समन्वय समितिले जनाएको छ ।

भुकम्प गएको दुई वर्ष वितिसक्दा पनि राज्यले दिएको अनुदान रकम नपाउँदा पिडितहरु समस्यामा परेका छन् । चैत अन्तिम साता तिलाहारबाट शुरु गरिएको अनुदान सम्झौता सुस्त गतिमा हुँदा पिडितहरुले रकम समयमै पाउन नसकेका हुन् । सम्झौताको उद्घाटनमा वैशाख १२ भित्रै सवैसँभ सम्झौता गरिसक्ने र बैंक खातामा पैसा जम्मा गरिसक्ने प्रतिवद्धता जनाएको भएपनि अहिलेसम्म कुनैपनि पिडितले रकम पाउन नसकेका हुन् ।

स्थानिय विकास अधिकारी विष्णु भुसालले केहि प्राविधिक समस्याले ढिलाई भएको र अब तत्काल वितरणको काम शुरु हुने बताए । उनले गाउँ पालिका र नगरपालिकाको सहयोग लिएर ततकाल वितरणको काम शुरु गर्ने पनि बताए ।