Print

विवाद रहित प्रशासक मरासिनीको पर्वतबाट विदाई

२० जेठ, पर्वत । जिल्लाको नेतृत्व सम्हालेको एक बर्षसम्म विवादरहित प्रशासकको छवि बनाउन सफल पर्वतका प्रमुख जिल्ला अधिकारी सम्भुप्रसाद मरासिनीलाई विदाइ गरिएको छ ।

शान्त स्वभावका मरासिनीले पर्वत बसाईमा नागरिक, राजनैतिक दल र पत्रकारसंग सौहाद्रपूर्ण सम्बन्ध मात्र बनाएनन उनले शान्ति सुरक्षा र प्रशासन संयन्त्रमा कुनै विवादीत निर्णय गरेनन । जिल्लाको कर्मचारी प्रशासन सुधारका लागि विशेष कार्य योजना निर्माण गरी कार्यन्वयन गरेका मरासिनीले विद्युत हाजिरी प्रणाली, जिल्लाको सुरक्षा योजनामा विशेष सतर्कता, कार्यालयको सुरक्षा निगरानीका लागि सिसिक्यामरा जडान र नागरिक मैत्री ब्यवहार प्रदर्शन गरेका थिए ।
कर्मचारी माझ लोकप्रिय मरासिनीलाई जिल्ला प्रशासन कार्यालयमा आयोजीत एक कार्यक्रमका वीच विदाई गरिएको छ । गृह मन्त्रालयले बिहीवार उनको सरुवा गरेको हो । उनी सरुवा भएर अध्यागमन विभागमा जाने भएका छन् ।

पर्वतमा गृह मन्त्रालयबाट उपसचिब राजेश पन्थी सरुवा भई आउने भएका हुन् । गृह मन्त्रालयमा गृहमन्त्रीको नजिकमा रहेर काम गरेका उपसचिब पन्थी पर्वत आउने भएका हुन् । पाल्पा स्थायी घर भएका उनि केहि समय अघि मात्रै उपसचिबमा बढुवा भएका हुन् ।