२० जेठ, पर्वत । फलेवास नगरपालिकामा विकासको मुल फुट्ने गरी योजनाहरु कार्यान्वयन हुने नगरप्रमुख पदमपाणी शर्माले दावी गरेका छन । शुक्रबार नगरपालिकाको वडा न १ कार्किनेटामा पर्यटकीय पदमार्ग निर्माण कार्यको शिल्यान्यास गर्दै शर्माले विकासको हिसावले पछाडी परेको फलेवासमा योजनाबद्ध ढङगले विकास निर्माणका कार्यहरु अगाडि बढ्ने बताएका हुन ।
जनप्रतिनिधि विहिन १५ बर्षमा नेपाल आर्थिक र भौतिक विकासमा धेरै पछाडी परीसकेको बताउँदै शर्माले जनतासंग साझेदारी गरी आफूले विकास योजनाहरु सार्वजनिक गर्ने समेत बताए । स्थानीय स्तरको विकासको लागि राज्यको मात्र मुख ताक्नुभन्दा गाउँले आफै पनि विकास योजना कार्यान्वयनमा जागरुक हुनुपर्ने बताउदै शर्माले आफ्नो गाउँ आफै बनाउन भन्ने अभियानलाई आफूले मूर्त रुप दिने समेत बताए ।
नगरप्रमुखमा निर्वाचित भएपछिको पहिलो औपचारिक शिलायान्स कार्यक्रममा सहभागी शर्माले फलेवास नगरपालिकालाई नगरक्षेत्रमा हुनुपर्ने सवै आधारभूत सुविधाहरु जनताको घर दैलोमा पुराउने गरी आफूले काम गर्ने समेत बताए । अहिलेसम्मको नेपालकै कान्छो नगरप्रम्ुखको रुपमा निर्वाचित शर्माले फलेवास क्षेत्रमा पर्यटकीय क्षेत्रको विकासका लागि विस्तृत गुरुयोजना निर्माण गरिने जानकारी दिए ।
ऐतिहासिक पदमार्गको रुपमा रहेको कार्किनेटाको नेटा बजार देखि रातमाटासम्म जोड्ने पदमार्ग निर्माणका लागि पर्यटन बोर्ड मार्फत विनियोजीत १० लाख रुपैंयाको लागतमा उक्त पदमार्ग निर्माण कार्य अगाडि बढेको । शुक्रबार उक्त पदमार्गको निर्माण कार्यको लागि औपचारिक शुरुवात गरिएको हो । फलेवासको कार्किनेटालाई ‘ओपन जु’ (खुल्ला चिडियाखाना) को रुपमा विकास गर्ने गरी पर्यटकलाई पोखरा हुँदै भित्राउने अभिप्रायका साथ उक्त पदमार्गको निर्माण कार्य शुरुवात गरिएको पदमार्ग निर्माण समितिका अध्यक्ष एकनारायण श्रेष्ठले बताए । उक्त पदमार्ग हुँदै पोखरा र स्याङजासम्म जान सकिन्छ । पोखराबाट डहरेदेउराली र कार्किनेटा हुँदै पर्वत सदरमुकाम कुश्मा बजार र बागलुङसम्मको लागि उक्त पदमार्ग प्रयोग गर्न सकिन्छ । बौटोलीमा नुन किन्न जानका लागि प्रयोग भएको पूखौली पदमार्गको रुपमा रहेको उक्त बाटोमा हिड्दै गर्दा चर्चित लोकगायक जीवन शर्माले रचेका गीतहरु निकै चर्चित समेत बनेका छन ।
वडा न १ का वडाअध्यक्ष बाबुराम शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सामाजिक परिचालक देवी शर्मा, स्वागत निर्माण समितिका अध्यक्ष एकनारायण श्रेष्ठले गरेका थिए ।
Print
फलेवासमा नगरपालिकामा विकासको मुल फुट्ने नगरप्रमुख शर्माको उद्घोष



