Print

पर्वत क्षेत्र न. २ का माननीय सांसद विकास लम्साललाई खुला पत्र

माननीय सांसद विकास लम्साल ज्यू, यो खुला पत्रको सुरुवातमै म मेरो सानो परिचय तपाईलाई दिन चाहन्छु्र म तपाईको पर्बत क्षेत्र न.२ को बासिन्दा हुँ, जो हरेक नेपाली युबाहरु जस्तै आफनै बाध्यताले बिदेशीएको छु । आज तपाईको नाममा यो पत्र लेख्दै गर्दा झन्डै ४ वर्ष पहिलेको दिन याद आयो, चुनाबको दिन थियो, बिहानै मेरी आमाले मलाई फोन गर्दा बाबु चुनाबमा भोट हाल्न जान लागेको भन्दा मैले आमा सुर्यमा भोट हाल्नुस भनेको थिए, हरेक सपना बाबाको आँखाबाट देख्ने मेरी आमाले तपाईलाई भोट हाल्नु भयो या भएन त्यो प्रति प्रश्न म कहिले गरिन, तर मैले आफ्नो भूमिका निभाएको थिए तर आज ४ वर्ष पछी आफ्नो तो दिन सम्झिदा दुख लाग्छ्र ।

तपाईको बारेमा सानै देखि अलि–अलि सुनेको थिए, राम्रो नेता हुनुहुन्छ भनेर, त्यसैले नै तपाई प्रति आश लागिरहेको थियो तर तपाईको झन्डै ४ बर्से कार्यकालमा केहि काम नभएको देख्दा धेरै नराम्रो लाग्यो ।

विकास जी, आज मेरो प्रश्न तपाईलाई साँच्चिकै के काम गर्नुभयो यो ४ वर्षमा मेरो गाउँको अवस्था मा के परिबर्तन गर्नु भयो ??? हिजो पनि म घरमा जाँदा बर्खाको समय पर्यो भने जिपलाई पछाडीबाट धकेल्दै जान्थे आज पनि त्यहि नै छ, मान्छेहरुको अवस्था जहाँको त्यही छ, बाटो जस्ता को त्यस्तै छ , गरिबी जहाँ को त्यहि छ, सिंचाई अवस्था जस्ताको त्यस्तै छ, स्कुलहरुको हालत जहाँको त्यही छ, एउटा सानो सामान किन्नलाई वालिङ्ग आउनु पर्छ, हामी आज पनि स्नातक तहको अध्ययन गर्न पनि वालिङ्गसम्म धाउनुपर्छ ।

परिचयको क्रममा घर कहाँ भन्दा मेरो उत्तरले अरुलाई कहिले सन्तुष्ट गर्न सक्दिन किन कि म मेरो घर पर्बत भन्छु धेरैले भन्छन यो कुन जिल्लामा पर्छ ? कोही कोहीले भन्छन कहाँ कुश्मामा ??? अनि म कहिले स्याङजाको सिमानामा छ, कहिले पोखराको नजिकै छ भनेर परिचयलाई पुरा गर्ने प्रयास गर्छु, यही हो विकास जी हाम्रो परिचय ???? किन यस्तो ??


अनि होटलको नमिठो खाना खाएर ५,६ जना एउटा कोठमा बसेर परिक्षा दिनु पर्छ, अनि यो बाटो जुन बाटोले हामीलाई वालिङ्गसँग जोड्छ, यो बाटो गएको १० वर्षबाट उस्तै छ वालिङ्गबाट काठमाडौँको भाडा र मेरो घरबाट वालिङ्गको भाडा लगभग बराबर छ्र ।

घरबाट हिडीसकेपछि वालिङ्ग आउदासम्म घरबाट १० पटक घरबाट फोन आउँछ किनकी बाबा आमा यो कुरामा निश्चिन्त हुन चाहन्छन कि जिप कहिँ खाडलमा त गएन नि ? छोरो अहिले सम्म जिवितै छ नि भनेर । तपाईको ४ वर्ष पहिले भाषणहरु मैले सुनेको छु, तपाईले मलाई डिस्टिंसन दिएर पठाउनुस म यो–यो गर्छु भन्नुभएको थियो । डिस्टिंसन त होइन तपाईलाई विजयीको बहुमत दिएकै हुन तर विकास जी, माफ गर्नुहोला तपाई आफ्नो अध्क्षय कमरेड जस्तै केवल भाषणमै सिमित हुनु भयो ।

विकास जी, म भारतको डिल्लीमा सिए पढदै छु, यहाँ धेरै ठाउँका साथीहरु हुन्छन । परिचयको क्रममा घर कहाँ भन्दा मेरो उत्तरले अरुलाई कहिले सन्तुष्ट गर्न सक्दिन किन कि म मेरो घर पर्बत भन्छु धेरैले भन्छन यो कुन जिल्लामा पर्छ ? कोही कोहीले भन्छन कहाँ कुश्मामा ??? अनि म कहिले स्याङजाको सिमानामा छ, कहिले पोखराको नजिकै छ भनेर परिचयलाई पुरा गर्ने प्रयास गर्छु, यही हो विकास जी हाम्रो परिचय ???? किन यस्तो ?? सायद तपाईले केलाउनु भएको छैन होला तर यस्को एउटा कारण हामी राजनीतिक अनि आर्थिक रुपले धेरैनै बिपन्न छौँ, हामीले आजसम्म एउटा पनि यस्तो नेता पाउन सकेनौ जसले अरु धेरै होइन केवल पर्बत भने जिल्ला पनि छ भनेसम्मको परिचय दिन सकोस, यो सबै कुराहरुको म तपाईबाट आशा गरेको थिए जुन तपाईले गएको ४ वर्ष मा पानी मै मिलाइ दिनुभयो ।

विकास जी, फेरि १ पटक यो मेरो पत्रलाई कुनै राजनीतिक पार्टीको कार्यकर्ताको आवेग हो भनी हेला नगर्नु होला । किन कि यो सबै आजको यथार्थता हो, हाम्रो बिडम्बनाको पराकाष्ठा हो । किन ४ वर्ष मा केहि काम हुन सकेन विकास जी ? मलाई यो नभन्नु होला म संबिधान निर्माणमा व्यस्त भए, त्यो कम्तिमा अलि–अलि देशको राजनीति बुझेको सबैलाई थाहा छ कि तपाई जस्ता धेरै सासदहरुको संबिधानसभामा भूमिका भनेको टेबल ठोक्ने मात्र थियो । किन भएन त काम ? तपाईले आफ्नो नाममा आउने हरेक वर्षको बजेटको उपलब्धिलाई के खुलस्त हामीलाई देखाउन सक्नुहुन्छ ??

विकास जी, भर्खर स्थानीय चुनाब भएको छ, मैले धेरै ठाउँबाट यो सुन्न पाए, जुन म चाहन्छु साँचो नहोस त्यो के भने विकासले पैसा बाँढे चुनाबमा, तपाईको कार्यकाल विकासको कुरामा तपाईकै विकास भएको भए भयो होला बाँकी भएन । त्यो पनि हामीले मान्यौ, तर यदि चुनाबको लागि तपाईले पैसा नै बाढेको हो भने यो पराकाष्ठा हो । माननीय विकास लम्साल जी, यदि यो साँचो हो भने त्यो पैसा जुन बाँडिएको छ त्यसको श्रोत खुलाइदिनु होला, किन कि जहाँसम्म मसँग नेपालको संविधानको ज्ञान छ त्यसको आधारमा यति त म भन्न सक्छु कि राज्य कोषको पैसा तपाइको पुर्खेउली सम्पत्ति पक्कै हैन, यो हाम्रो बिडम्बना हो कि, आज पनि हाम्रो ठाउँमा पैसाले भोट किन्न पाइन्छ ? तर याद गर्नुहोला अबको हाम्रो पुस्ताले यसको उचित मुल्यांकन पक्कै गर्नेछ ।

अन्त्यमा विकास जी तपाईको क्षेत्रमा तपाईको नाममा आउने बजेट र त्यसको खर्च विधि प्रक्रियाको थाहा पाउन कसरी सकिन्छ ? अनि त्यसमा प्रश्न कहाँ गर्न सकिन्छ, यो जानकारी उपलब्ध गराइदिनुहुनको लागि बिनम्र अनुरोध गर्दै तपाइको राजनीतिक जीवनमा जे भएतापनि व्यक्तिगत जीवनको सफलताको कामना गर्दछु ।

धन्यवाद ।

के.एन. भुषाल
उरामपोखरा पर्बत,
हाल लक्ष्मीनगर दिल्ली भारत