Print

अपडेट : पर्वतका ११ वडाको मत परिणाम औपचारिक घोषणा, एमाले र कांग्रेस बराबर, माओवादीले खाता खोल्यो

 २ जेठ, पर्वत । स्थानीय तहको निर्वाचन अन्तर्गत मतगणनाको क्रम जारी रहेको छ । जस अन्तर्गत जिल्लाका ६१ वडा मध्ये ११ वडाको नतिजा सार्वजनिक भएको जिल्ला निर्वाचन कार्यालय पर्वतले जनाकारी दिएको छ ।

हालसम्म घोषणा भएका वडाहरुमा महाशिलाका १, २ र ३ को घोषणा भएको छ जस अनुसार २ वडामा एमाले र १ मा काँग्रेसले बिजय हाँसिल गरेको छ । त्यस्तै पैयूको १,२ र ४ वडाको अध्यक्ष सहित सदस्यहरु निर्वाचित भएको घोषणा भईसकेको छ ।

त्यस्तै फलेवासका १ र २ नं. वडाका अध्यक्ष सहित सदस्यहरु निर्वाचित भएका छन् । यसैगरी बिहादीमा वडा नं. १ को घोषणा भईसकेको छ भने मोदी १ र जलजला ९ को पनि घोषणा भईसकेको कार्यालयले जनाएको छ ।