Print

अपडेट : पर्वतका ९ वडामा एमाले विजयी, ४ वडामा अग्रता (विवरण सहित)

२ जेठ, पर्वत । स्थानीय तहको निर्वाचनमा हालसम्म नेकपा एमालेले ९ वटा वडामा विजयी प्राप्त गरेको छ । जिल्ला निर्वाचन कार्यालयले औपचारिक रुपमा ५ वटा वडाको पुष्टि गरेपनि एमालेले ९ वटा वडामा विजयी प्राप्त गरेको नेकपा एमाले पर्वतका अध्यक्ष पदम गिरीले जानकारी दिए ।

गिरीका अनुसार हालसम्म पैयूगाउँपालिकाको हुवास (वडा नं ४), वेउलीबास (वडा न ३), महाशिलाको पाखापानी (वडा नं ४),, बालाकोट (वडा नं ३), र होश्राङदी (वडा नं १), फलेवास नगरपालिकाको मुडिकुवा (वडा नं ४), कार्किनेटा (वडा नं १), थापाठाना (वडा नं २) र मोदीगाउँपालिकाको देउपुर (वडा नं २), विजयी प्राप्त गरेको छ ।

यसैगरी जिल्लाको मोदीगाउँपालिकाको देउराली (वडा नं ३), कुश्मा नपा वडा न १ पाङ, बिहादी गाउँपालिका २ बर्राचौरमा एमालेले अग्रता कायम गरेको अध्यक्ष गिरीेले जानकारी दिए ।

एमालेले मोदीगाउँपालिका, फलेवास नगरपालिका र महाशिला गाउँपालिकामा पनि अग्रता कायम गरेको छ । जिल्लाका ७ स्थानीय तह मध्ये एमालेले ३ वटामा अग्रता कायम गरेको हो ।