Print

अपडेट : पर्वतमा एमालेको विजयी शुरुवात, दुई वडामा प्यानलै विजयी

१ जेठ, पर्वत । स्थानिय तह निर्वाचनमा पर्वतमा एमालेले बिजयी शुरुवात गरेको छ । पर्वतको महासिला गाउँपालिका वडा नं १ होस्राङ्गदीमा एमालेबाट वडा अध्यक्षमा इश्वरीप्रसाद भुसाल सहित सिंगो टिम बिजयी भएको छ । भुसालले ३० मत अन्तर प्रतिद्वन्द्वी भीमबहादुर रानालाई पराजित गरेका हुन ।

पराजित थापाले ३ सय ८३ मत पाएका छन । महासिला वडा नं १बाट गाउँपालिका अध्यक्षमा पदमा एमालेका राजु पौडेलले ४ सय ४१ मत प्राप्त गरेका छन भने नेपाली कांग्रेसका उज्वल गुरुङ्गले ३ सय ६६ मत प्राप्त गरेका छन ।

यसैगरी कार्किनेटामा पनि एमालेको प्यानल नै विजयी भएको छ । एमालेले वडा अध्यक्ष सहितको प्यानले नै आफ्नो पोल्टामा पर्न सफल भएको हो । फलेवास नगरपालिका वडा न १ कार्किनेटामा बाबुराम पौडेल अध्यक्ष सहित अन्य ४ जना विजयी भएको बताइएको छ ।